हाम्रो बारे

बिक्रम सम्बत २०६३ सालमा जिल्ला प्रशासन कार्यालय  मोरङमा दर्ता भई २०६४ को शुरुतिरैबाट संयन्त्र साप्ताहिक  पत्रिका प्रकाशन गर्न थालेदेखि संयन्त्र एउटा ब्राण्दको रूपमा बिकास हुन थाल्यो । नै यसको इतिहास जोडिएको छ । बिक्रम सम्बत २०६९ सालतिर एउटा अनलाइन संचालनको आबश्यकता ठानेर शुरुवात गरिएको बेलबारीबाट संचालित पहिलो अनलाइनको नाम हो – संयन्त्र डटकम । (हाल संयन्त्र मिडिया डटकम) मोरङ बेलबारीमा संयन्त्र संचार सहकारी संस्था खोलेर रेडियो बेतनाको स्थापना पनि हाम्रै टिमको अगुवाइमा भएको हो तर त्यो अलग्गै संस्था हो ।

samyantramedia.com संयन्त्र मिडिया एण्ड कल्चर प्रा. लि. द्वारा संचालित न्युज पोर्टल हो । विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई सुचना र मनोरंजन दिदै आएको  छ ।  युट्युब च्यानल Samyantra Media हाम्रो अर्को सञ्चार माध्यम (Media)  हो ।

संयन्त्र डटकम बिश्वभर छरिएर विभिन्न देशमा रहेका नेपालीहरुको पहुँच हुने गरी गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने बिभिन्न  घटना र परिस्थितिको जानकारी दिने मुलतः पुर्वी नेपाललाई फोकस गरी संचालन गरिएको एक शसक्त संचार माध्यम हो  ।

बिक्रम सम्बत २०८० जेठ १ गतेदेखि हामीले खासगरी पुर्वीय कला, साहित्य र लोक संस्कृतिको संरक्षण, प्रबर्द्धन र बिकास गर्ने जुनेली दोहोरी नामक लाइभ दोहोरी कार्यक्रम पनि सञ्चालन गर्न थालेका छौँ ।  युट्युब च्यानल Juneli Dohori (juhari) मार्फत हरेक १५ दिनमा प्रसारण हुने यो कार्यक्रम मार्फत कला र क्षमता भएका तर ओझेलमा रहेका प्रतिभाहरुलाइ प्राथमिकता दिने गरिएको छ ।

“कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहितसंचालित योकार्यक्रमले कला र लोक संस्कृतिकोइतिहासमा पुर्वमा एउटाछुट्टै इतिहास रचेको ।छ