रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता

  • १८ भाद्र २०७५, सोमबार

उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए  । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने – कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी !
कर्मचारीबाट करको रकम सुनेपछि भने उनी दंग परे । उनले एक आर्थिक वर्षको सम्पत्ति जग्गाको मालपोत कर २ सय मात्रै बुझाए । उनले लामो सास फेर्दै भने ‘अब धेरै जग्गा हुनेले मालपोत बुझाउन सक्दैन भनेर अत्याए, तर त्यस्तो हाेइन रहेछ ।’

उनले १२ कठ्ठा  जमिनको गत बर्ष उनले १ सय ५० रुपैया तिरेका थिए ।
अहिले कर तिर्ने बेलामा रिसाएर आउने गरेका करदाता हिसाब किताब सुनेपछि भने खुसी भएर घर फर्किने गरेको बेलबारी नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष उदय बहादुर राइले बताए । ‘सबैलाई कर बढाइएको भन्ने भ्रम रहेछ’, वडाध्यक्ष राईले भने, ‘वास्तविकता भने त्यो होईन ।
साइकल पसलको ब्यावसायिक कर तिर्न आएका बेलबारी ७का बौरी चौधरी पनि करको बोझ धेरै होला भनेर डराउदै वडा कार्यालयमा पुगेको बताउछन । केहि दिन अघि मात्रै छिमेकी गाँउपालिकाले साइकलमा मासिक कर लगाएको भन्दै हल्ला भइरहेको थियो हामा्रेमा पनि त्यस्तै होला भनेर डर लागेको थियो उनले भने । उनले नया साइकल पसल खोलेर वडा कार्यालयमा गएर बुझाउनु पर्ने रकम बुझे । पहिला अतालिए जसेरी आए पनि बुझेपछि भने हाँस्दै गएको वडा नम्बर ७ का वडा अध्यक्ष चेत वहादुर बस्नेतले बताए ।

साइकल पसलको ब्यावसाहिक कर एक बर्षको तथा नयाँ पसल दर्ताको नगद एक हजार गरी २ हजार मात्रै तिरेको वडा कार्यालयले जनाएको छ ।
‘करदाताले कुन ठाउँको के समाचार सुनेर रिसाएर विरोध गर्दै आउछन नगरपालिकाको वास्तविकता बुझेपछि खुसी नै हुन्छन’, नगरपालिकाका लेखा अधिकृत टेक नाथ रेग्मीले भने । वास्तविकता नै नबुझी विरोध गरे पनि कर तिरेर फर्किदा भने खुसी हुने गरेको उनले बताए ।
जग्गा पलटिङ तथा बैकिङ श्रणका कारण समेत कर बृद्धिको सम्स्या अहिले वडा कार्यालयहरुले बेहोर्नु परको वडा अध्यक्षहरु बताउ छन । बैकमा लोन खानका लागी तथा पलटीङ गरेर बेच्नका लागी खोला उकास क्षेत्रका जग्गा समेत आवास क्षेत्र भनेर प्रमाणित गर्ने गरेकाले समेत अब्जस बेहोर्नु परेको वडा अध्यक्षहरुको भनाइरहेको छ ।
पहिला आफनो जग्गाको मुल्याकन बढछ भन्दै कृषि क्षेत्र तथा खोला उकासका जग्गा समेत आबास क्षेत्रमा हालिदिनु भन्दै सिफारीस लिएर आउनेहरु पछि रपालिकाल कर बढायो भन्दै हल्ला गर्ने गरेको वडा नम्बर २का अध्यक्ष घन श्याम गौतमले बताए ।
करबारे स्थानीय तहले करदाता र सेवाग्राहीलाई बुझाउन नसक्दा विरोध भइरहेको छ साना किसान सहकारी सस्थाका ब्यबस्थापक बाबुराम खड्काले भने विपक्षीले पनि यही विषयलाई मसला बनाइरहेको छन ।
कर तिर्नुलाई नागरिकको दायित्व भनेर स्वीकार नगरेसम्म विरोध भइरहने सरोकारवालाको भनाइ छ। हामीले पहिलै देखी हल्लाका भरमा नकुदौ भनेका थियौ बेलबारी नगरपालिकाका उप मेयर ढाका पराजुलीले भनिन ‘नागरिकको दायित्व बुझाउन मात्र करको दायरा बढाइएको छ’ कर भने बढाइएको छैन ।