ए अचम्म ! पुर्वमा झन् बढेको बढ्यै छन् त बलात्कारका अपराध

  • २० भाद्र २०७५, बुधबार

केही समययता दिनहुुँजसो बलात्कारका समाचार आइरहेको बेला पुर्वी नेपालमा पनि बलात्कारका घटना मौलाएका छन् ।

यस्ता घटनाको शृङ्खला बढ्दै जांदा झापामा १४ बर्षीया एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन भने भोजपुरमा  बलात्कारको पोल खुल्ने डरले मामाले ११ बर्षे भान्जीको निर्मम हत्या गरेको छ

साउन २९ गते दमकस्थित एक  गेस्टहाउसमा लगेर तीन युवकले ती युवतीलाइ सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए ।
पीडक पक्षको दबाबले घटना ढिलो मात्र सार्वजनिक भएको छ भने दवाबकै कारण किशोरी विद्यालय गएकी छैनन् । हाल उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा रहेकी छिन् । बलात्कारमा संलग्न दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको  छ ।

११ वर्षीय भाञ्जिलाई बलात्कारपछि मामाले गरे हत्या
भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय वालिकाको बलात्कारपछि हत्या भएको छ । गत ११ भदौमा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी वालिकाको वलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । साल्पासिलिछो गाउँपालिका– ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला परेकी थिइन् ।

वालिकाको करणी  र हत्या गरेको अभियोगमा वालिकासंगै सुतेका साइनोले मामा पर्ने संखुवासभाको खादवारी नगरपालिका –२ वस्ने २० वर्षीय संजय राईलाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
वयानको क्रममा अभियुक्त राईले आफुले करणी गरेको र वालिकाले वुवा, आमालाई सुनाउछु भनेपछि घाँटी थिचेर मारेको वताएको सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।
वालिकाका वुवा मिलन राईले वालिकाको करणी पश्चात हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए  । अभियुक्त राईलाई म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  वालिका आमा धनमणी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएकी थिइन् ।

यी पनि पढ्नोस है 

– आम्मै ! साउनयता मात्रै मोरङमा बलात्कृत भएछन् १२ वालिकासहित १७ जना

सुनसरीमा पनि बलात्कृत भइन् युवती, सडकछेउमै बेहोस भेटियो मध्यराती

–  ‘कसैलाई भनिस् भने परिवारै सखाप पार्छु’ भन्दै वालिका बलात्कार गर्ने पक्राउ

झापामा बढेका बढ्यै रहेछन् बलात्कारजन्य अपराध