कसेनी माविका सयभन्दा बढी विद्यार्थीलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण

  • ४ आश्विन २०७५, बिहीबार

एकीकृत हातेमालो समाज नेपालको सौजन्यमा मोरङ बेलबारी नगरपालिका ४ स्थित कसेनी माध्यमिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १ सय ३ जना छात्र छात्राहरुलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरिएको छ ।

बिहीबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाइ प्रति विद्यार्थी एचपी ब्राण्डको स्कुल ब्याग, १ सेट स्कुल ड्रेस, एक दर्जन कापी, एक दर्जन डटपेन र एक थान ज्यामिती बक्स बितरण गरिएको हो । बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीको पहलमा भएको उक्त कार्यक्रममा  एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष तथा  केन्द्रिय बालकल्याण समितिका निबर्तमान अध्यक्ष डिल्लिराम गिरी प्रमुख अतिथि थिए ।

त्यसैगरी बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष महेन्द्र सुवेदी, निजि बिधालयको तर्फबाट इरान राई , वडा अध्यक्ष रामकुमार राई, बिशिष्ट अतिथि थिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाबाट अतिथी र ५०० भन्दा धेरै छात्र छात्राहरु तथा २०० जना भन्दा बढी अभिभावकहरुको उपस्थिति  थियो । उक्त कार्यक्रमको अध्यक्षता राजेन्द्र ब अधिकारीले गरेका थिए ।

सो अबसरमा जेसिजका अध्यक्ष राजन प्रसाइंं, वडाध्यक्ष रामकुमार राई, निजि बिधालयका तर्फबाट बिशिस्ट अतिथि इरान राई र बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष महेन्द्र सुवेदी र प्रमुख अतिथी डिल्लीराम गिरीले विद्यार्थीहरुलाइ डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरेका थिए ।