पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी हुदै, पाँच लाख धार्मिक पर्यटकलाइ दर्शन गराउने लक्ष्य

  • १५ आश्विन २०७५, सोमबार

अनिल बराल, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संचालन हुने भएको छ ।

वडादशैको अवसरमा सहश्रचण्डी आयोजना कमिटीको आयोजनामा यही असोज २४ गते घटस्थापनादेखि सुरु भई कार्तिक १ गते महानवमीसम्म पाथीभरा मन्दिर परिसरमा सो चण्डीपाठ हुने भएको हो ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी संचालन गरिने आयोजना कमिटी संंयोजक युवा विद्वान लक्ष्मण गुरुले बताउनुभयो । १००८ चण्डीपाठ संचालन हुने ९ दिनमा आन्तरिक तथा बाह्य गरि ५ लाख धार्मिक पर्यटकले मन्दिरमा दर्शन गर्न आउने लक्ष्य रहेको पनि आयोजकले जानकारी दिएको छ ।

भारतको सिलगडी, सिक्कीम, आसाम लगायत भुटानबाट पनि भक्तजनहरु सहभागी हुने सहश्रचण्डी युवा विद्वान लक्ष्मण गुरुकै सत्संकल्पमा सन्चालन हुन लागेको हो ।

ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना संखुवासभा र श्रीहरि आध्यात्मिक गुरुकुल बुढीगंगा ३ बाँसबारी मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका युवा विद्वान गुरुले १००८ चण्डीपाठ गर्न १ सय जना ब्राम्हणलाई ४ दिन लाग्ने भएतापनि यो अवसरमा भने ३० जना ब्राम्हणले ९ दिनमा पुरा गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
पाथिभरा मन्दिर ताप्लेजुङको परिसरमा दैनिक रुपमा सहश्रचण्डी पाठ र वनस्पति हवन गरिने कार्यक्रममा सवा करोड दिप प्रज्वलन समेत हुनेछ ।