‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्छन् ब्यापारी, अनुगमन समितिद्वारा लाखौंका सामग्री नष्ट

  • १९ कार्तिक २०७५, सोमबार

उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ ।

अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट गरिरहेको उनले बताए । बजार व्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको छ ।

उपभोक्ता ठगिएको गुनासो बढ्दै जान थालेपछि नगरपालिकाले दशैअघिदेखि नै बजार अनुगमन गरिरहेको छ । निम्की, चिप्स दालमोट भुजिया, कुरमुरेसँगै दैनिक प्रयोगमा आउने तेल, मैदा, आँटा डाल्डा घिउलगायतका खाद्यान्न सामग्री समेत नष्ट गरिएको टोलीले जनाएको छ । डाँगीहाट, लक्ष्मीमार्ग लगायतका चोकका धेरै पसलमा म्याद गुज्रिएका सामग्री किनबेच हुने गरेको अनुगमनका क्रममा फेला परेको बताइएको छ ।

उद्योग तथा डिलरले ग्रामीण क्षेत्रमा पठाएको खाद्यवस्तु म्याद गुज्रिन लागेको पठाउने गरेकाले त्यहाँका पसलबाट सामान किन्ने उपभोक्ताहरू ठगिने गरेको पाइएको छ । अनुगमन टोलीले व्यवसाय दर्ता नभएका तथा मूल्यसूची नराखेका पसलहरूलाई ७ दिनभित्र मापदण्ड पु¥याउन समेत निर्देशन दिएको छ ।

मासु पसल, सुन पसल, इलेक्ट्रोनिक्स पसल, किराना पसल, कपडा पसल, औषधी पसल र एग्रोभेटको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ ।

अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।

दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट गरिरहेको उनले बताए । बजार व्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको बताइएको छ । उपभोक्ता ठगिएको गुनासो बढ्दै जान थालेपछि नगरपालिकाले दशैअघि देखि नै बजार अनुगमन गरिरहेको छ ।

निम्की, चिप्स दालमोट भुजिया, कुरमुरेसँगै दैनिक प्रयोगमा आउने तेल, मैदा, आँटा डाल्डा घिउलगायतका खाद्यान्न सामग्री समेत नष्ट गरिएको टोलीले जनाएको छ । डाँगीहाट, लक्ष्मीमार्ग लगायतका चोकका धेरै पसलमा म्याद गुज्रिएका सामग्री किनबेच हुने गरेको अनुगमनका क्रममा फेला परेको बताइएको छ । उद्योग तथा डिलरले ग्रामीण क्षेत्रमा पठाएको खाद्यवस्तु म्याद गुज्रिन लागेको पठाउने गरेकाले त्यहाँका पसलबाट सामान किन्ने उपभोक्ताहरू ठगिने गरेको पाइएको छ ।

अनुगमन टोलीले व्यवसाय दर्ता नभएका तथा मूल्यसूची नराखेका पसलहरूलाई ७ दिनभित्र मापदण्ड पु¥याउन समेत निर्देशन दिएको छ । मासु पसल, सुन पसल, इलेक्ट्रोनिक्स पसल, किराना पसल, कपडा पसल, औषधी पसल र एग्रोभेटको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।