मेलबर्न / अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा रहेका नयाँँ विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गरिने भएको छ ।
स्थानिय कामको अनुभब अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्यालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले यो तालिमको ब्यबस्था गर्ने भएको हो । यसरी दिइने तालिममा प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्नेछन् ।
तालिम १२:०० बजेदेखि १४:०० बजेसम्म Bell Street Canteen, Address 399 Bell street Pascoe Vale South 3044 मा गराइने छ । तालिम लिन इच्छुकले बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीको कार्यालय Suite 218, 530 Little Collins Street, Melbourne मा ९:३० देखि १७:३० को समयमा कुनै पनि दिन गएर आफ्नो नाम दर्ता गर्न सक्नेछ ।
तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्यावश्यक सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।
यो संस्थाले अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि दुई हजार डलर राशीको बिएमडब्लू कप आयोजना गर्न थालेको छ ।
बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटाले आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो नि:शुल्क तालिमको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताए ।
सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दु:ख भोग्न नपरोस भनी यसरी नि:शुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो बर्षका उत्कृष्ट ५ जना सहभागीलाई Himalayan Experience Travel का तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराउनु भयो ।