अन्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न, डवल मेन्सतर्फकाे उपाधि सेनाकाे टिमलाई

  • २ माघ २०७५, बुधबार

केशु विरही, सुन्दरहैंचा, मोरङ/ पाैष २७ गतेबाट मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५  समापन भएकाे छ ।

दुर्गादेवी दुलाल कवडहलमा संचालन भएकाे डवल मेन्सतर्फकाे उपाधी सेनाकाे टिमले हात पार्न सफल भएकाे छ ।

बुधबारकाे मेन्स डवलकाे फाईनल खेलमा एपिएफ दिपेश धामी र विजित थापामगरकाे टिमलाई २१। १८ र २५।२३ ले हराउँदै सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठकाे टिम उपाधी हातपार्न सफल भएकाेे हाे ।

यसअघि नै मेन्स सिङ्गल, मिक्स सिङ्गल, मिक्स डवल, माष्टर डवलकाे घाेषणा भैसकेकाे थियाे ।मेन्स सिङ्गलमा दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका बिजेता तथा भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले उपाधी हात पार्न सफल भएका छन्  ।

मंगलबार सम्पन्न फाइनल खेलमा पिन्सले टिएसीका प्रज्वल महर्जनलारुई २१ । १३, २१ । १३ ले हराउँदै उपाधि जित्न सफल भएका थिए । एफपीका सुनिल जोसीलाई हराउँदै फाइनलमा पुगेका प्रफुलले प्रिन्सको सामना गर्न नसक्दा लज्जास्पद हार व्यहाेर्नु परेकाे थियाे ।

त्यस्तै मंगलबार नै सम्पन्न मिक्स डवलमा रन्जित तामाङ र अनु राईकाे टिम र मास्टर डवलमा किरण प्रधान र याेगेन्द्र श्रेष्ठकाे टिम प्रथम भएकाे छ ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पाेर्टस ग्राम, सुन्दरहरैचामा बुधबार खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्ट र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले संयुक्त रुपमा विजयी खेलाडीलाई पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।