प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी

  • ८ माघ २०७५, मंगलवार

विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ ।

प्याब्सन माेरङकाे १० औं  स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ ।

जिल्ला भरका निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढी बिद्यार्थीहरु सहभागी छन् । माघ ८, ९ र १० गते तीनदिनसम्म चल्ने प्रतियाेगितामा माेरङका ८४ वटा संस्थागत विद्यालयकाे सहभागिता रहने प्याब्सन माेरङले जनाएकाे छ ।

मंगलवार पहिलो चरणका खेलहरुमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटरका दौडहरु हुनुका साथै लङ जम्प, ज्याब्लीङ थ्रो, भलिवल लगायतका प्रतियोगिताहरु भएका छन् ।

मंगलवार ज्याभ्लिङ थ्रो खेलको छात्रातर्फ ब्राइट फ्युचर स्कुलकी वर्ष माझी प्रथम भइन् । त्यसैगरी लङ जम्प छात्रतर्फ भृकुटी मोडल एकेडेमीका योगेस यादव र छात्रातर्फ बाल सदन एकेडेमीकी अमिशा चौधरी प्रथम भईन् । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो बिजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरीएको छ ।

प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएका एक नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ्ले पानसमा बत्ती बालेर प्याब्सन स्पोर्टस् मिटको उद्घाटन गरे । कार्यक्रममा  प्रदेश सभा सदस्य राजकुमार ओझा, जिल्ला समन्वय समिति माेरङका अध्यक्ष नरेसप्रसाद पाेखरेल, प्याब्सनका केन्दीय सल्लाहकार टिकाराम पुरी, प्याब्सन प्रदेश नं १ का संयाेजक नारायण घिमिरे, प्याब्सन माेरङका अध्यक्ष अर्जुन बस्नेत आदिकाे उपस्थिति थियाे ।