लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता

  • १८ माघ २०७५, शुक्रबार

गोपाल काफ्ले, लेटाङ मोरङ  / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ ।

गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो हटाउने अभियान सुचारु गरेको छ ।

नगरले ४ सय २५ घर परिवारलाई ३५ हजारका दरले एक परिवारलाई ३ बन्डल जस्तापाता बितरण गर्ने भएको छ । नगरले यसै बर्ष १ करोड ४८ लाख ७५ हजार बरावरको टिनपाता खरिद गरी बितरण गर्ने नगर प्रमुख राईले बताए ।

आफुले गाँउ गाँउमा सिहदरवार भनेर जनतालाई  आश्वासन दिएपनि आफ्नो नगरभित्र रहेका फुसको छानो भएका घरहरुमा बर्षायाममा पानी चुहिएर बिजोग हेर्न नसकी नगरले गाडी किन्न पास गरेको रकम जनताको हितका लागि यो योजना ल्याएको प्रमुख राईले बताए । नगरले गाडी किन्न छुट्याएको रकम नगरभित्रका स्वास्थ चैकी, सामुदायिक भवन, प्रहरी चौकी, नगर मर्मत र आग्लागी लगायत स्थानमा समेत खर्च गरेको नगर प्रमुख  राइले बताए ।

देश संघियतामा गएसंगै आएका जन प्रतिनिधिहरुले जनताको सेवा गर्ने भन्दै महंगा र विलाशिताका गाडी खरिद गरिरहेको अवस्थामा प्रुमख राईले आफुले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा खर्च गरेको भन्दै नगर उप–प्रमुख कृष्ण कुमारी निरौलाले पनि मेयरको प्रशंसा गरिन्  ।

“मेरो सुविधा कटाई देउ नगर वाट फुसको छानो हटाईदेउ” भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधाभोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजान अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण अभियानको थालनी गरिएको ३ नं. वडाध्यक्ष देवराज चाम्लिङले बताए ।

गरिव र बिपन्न वर्गलाई लक्षित गरी नगरको कार्यमा सामुदायिक वन महासंघको तर्फबाट पनि सहयोग गर्ने प्रदेश नम्वर १ का सामुदायिक वन उपभोक्ता महासंघका सचिव अग्नि पौडेलले नगरले बताए ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद गुरागाई,स्थानिय सामुदायिक वनका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।