विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी श्रीपन्चमी मनाए उत्तरी मोरङका स्कुलहरुले

  • २९ माघ २०७५, मंगलवार

मणिराम दाहाल, बिराटचोक, मोरङ  सुन्दरहरैँचा र बेलबारीका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पुजाको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरु गरेका छन्  ।

सरस्वती पुजाको अवसरमै सुन्दरहरैँचाको खोर्सानेमा रहेको सिद्धार्थ बोर्डिङ  स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लाागि सिद्धार्थ नृत्य तथा गायन प्रतियोगिता तथा १ देखी १२ सम्मका विधार्थीहरुका नृत्य तथा गायन र नाटक प्रदर्शन र वार्षिक पुरस्कार वितरण साथै गोविन्द श्रेष्ठ अक्षयकोष पुरस्कार वितरण लगायतका कार्यक्रम गरेको सिद्धार्थका सहायक प्रिन्सीपल जे वी थुलुङले जानकारी दिए ।

सरस्वती माताको पुजा आराधना नाचगान साथै स–साना नानिहरुलाई अक्षरराम्भ र भर्ना अभियानलाई निरन्तरता दिएर सरस्वती पुजा भव्य रुपमा मनाईएको प्याब्सन मोरङका अध्यक्ष तथा विद्यार्थीलयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।

सुन्दरहरैंचाको खोर्सानेमै रहेकाे बालप्रतिभा ई. स्कुलले  पनि आइतबार एक  कार्यक्रमविच  २५ औं अभिभावक दिवस पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

२०५१ सालमा स्थापना भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे यस विद्यालयले  विविध कार्यक्रमविच अाफ्नाे २५ औं  अभिभावक दिवस सम्पन्न गरेकाे हाे । अभिभावक दिवसकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए ।

सोही  अबसरमा वार्षिक परीक्षामा उत्कृष्ठ भएका छात्र छात्रहरुलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे । साे अवसरमा बालप्रतिभा डान्सिङ आईडलका साथै विविध सांस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिएकाे थिए ।

सुन्दरहरैंचा ६ मा अवस्थित पूर्वाञ्चल ऐकेडेमीले पनि  श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको अवसरमा ११ औं बार्षिक उत्सव मनाएको छ ।

कार्यक्रमका अवसरमा सम्मान पुरस्कार वितरण तथा विद्यार्थीहरुको मनोरञ्जन मुलक तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८५ वर्षिय जेष्ठ नागरिक तथा अभिभावक सुनमाया तामाङ तथा विद्यालयमा राम्रो शिक्षण कार्य गर्ने शिक्षक सीताराम कोईराला तथा कर्मचारी अम्बिका भुजेललाई सम्मान गरिएको थियो । उपमेयर धनमाया तामाङको प्रमुख अतिथीमा भएको कार्यक्रममा विधालयमा पढने वर्ष भरीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको विद्यालयका प्रिन्सिपल दिपेन्द्र राईले बताए ।

मोरङको सलकपुरमा रहेको ब्राइट फ्यूचर मा वि ले पनि सरस्वती पुजाको अवसरमा आफ्ना विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पुजापाठ नाचगान लगायत आफ्ना विभिन्न कला प्रस्तुत गरेका थिए । विधार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि नृत्य तथा गायन प्रतियोगिता समेत गरिएकोले कार्यक्रमलाई थप मनोरन्जन मूलक बनाउन गायक संजीव धिमालको साथमा सांस्कृतिक कार्यक्रम  गरिएको विधालयका शिक्षक तथा कार्यक्रमका संन्चालक केशव विष्टले जानकारी दिए ।

त्यसैगरी ज्ञानज्योती इङ्लिस स्कुल गोठगाउंले श्रीपञ्चमी पर्वको अवसरमा सरस्वती पुजा तथा  विविध मनोरञ्जन मुलक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

पञ्चायत मां.वि गोठगाउँका पूर्व प्रअ टोमबहादुर श्रेष्ठको प्रमुख अतिथीमा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत, कला, नृत्य ,कविता प्रस्तुत गरि सरस्वती पुजाको कार्यक्रम धुमधामका साथमा मनाएर कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको विद्यालयका प्रिन्सिपल सिटौलाले जानकारी दिए ।

श्रीपञ्चमी पर्वको अवसर पारेर सुन्दरहरैंचाको टेन्डरफिट, जुपीटर ,माउष्ट मकालु,मदरल्यान्ड मावि ,पंचायत मावि ,सुकुना बहुमुखी क्याम्पस ,सुकुना मावि, सुविजीमुर मेमोरियल मावि, प्रभात किरण,स्कोइट बो.स्कुल, स्कलर्स होम ,बालबगैचा मन्टेश्वरी , रोजाई मन्टेश्वरी,जनता मावि,एचएम मन्टेश्वरी,दराइजिड.,हरैचा मोडल, सामुदायिक सरस्वती, इन्द्रपुर नमुना मा वि,ब्रिटीस ल्याड.गोज, तथा बेलवारीको शिक्षा सन्देस,सगरमाथा बोडिड.स्कुल, गोदावरी आवासीय विद्या  मन्दिर लगायतका निजी तथा समुदायिक विधालयहरुले पनि विभिन्न कार्यक्रम गरी सरस्वती पुजा मनाएका छन् ।

विधाकी देवी सरस्वती माताको पुजा अर्थात श्रीपञ्चमीपर्वको अवसरमा ससाना नानीहरुलाई अक्षरराम्भ गर्ने चलन छ ।