मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी

  • ५ फाल्गुन २०७५, आईतवार

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि खर्च जुटाउन स्थानीयहरु सक्रिय  भएका छन् ।

बेलबारी नगरपालिका वाड ४ मा स्थायी घर भएकी सरस्वती गुरुङ विगत १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थला परिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा सक्रिय भएका हुन् ।

३१ वर्षीय गुरुङकाे पारिवारिकाे आर्थिक अवस्था कमजाेर भएकाेले परिवारकाे एक्लाे प्रयासले उपचार गर्न सफल नभए पछि गाउँलेहरु उनकाे उपचारमा खर्च जुटाउने अभियानमा छन्  ।

सहयोग जुटाउन  स्थानीय मनकुमार गुरुङकाे संयाेजकत्वमा सरस्वती गुरुङ वचाउ अभियान नै संचालन गरिएकाे छ ।अभियान संचालन भएयता उनलाई सहयाेग गर्नेकाे संख्या वढिरहेकाे छ ।

केही दिन अघि मात्र सरस्वतीकाे उपचारका लागि नाेवेल मेडिकल शिक्षण अस्पतालका संचालक डा. सुनिल शर्माले रु १ लाख सहयाेग गरेपछि अभियानमा लागेकालाई थप हाैसला मिलेकाे छ ।

सरस्वती गुरुङ वचाऔं अभियान संयाेजक मनकुमार गुरुङले दिएकाे जानकारी अनुसार अहिले सम्ममा उनकाे उपचारका लागि रु ४ लाख भन्दा वढी रकम उठिसकेकाे छ भने उठ्ने क्रम जारी छ ।

एक सन्तानकी आमा समेत रहेकी सरस्वतीका श्रीमान मनबहादुर गुरुङले ड्राईभिङ पेसा गरेर घर खर्च धानी रहेका छन्  ।

डाक्टरहरुको सल्लाह अनुसार दुवै मृगैाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।  उनकाे उपचारमा ३० लाख लाग्ने अनुमान गरिएकाे छ ।

केहिदिन अघि समितिले बेलबारी १ स्थित तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गरेर सरस्वाती बचाउ अभियानमा सहयाेग गर्न आग्रह गरेकाे थियाे ।

पत्रकार सम्मेनलकी दिन सरस्वतीको उपचारका लागि बेलबारी १ निवासी मोहन गुरुङको नेतृत्वमा रु.७५ हजार ३ सय र कोशी नेपाल मिडियाको तर्फबाट अर्जुन कुलुङ राईले रु.१० हजार उपचारर्थ हसयोग रकम हस्तान्तरण गरेका थिए  ।