२४ घण्टापछि छुटे बेलबारी नगरपालिकाका कर्मचारीलाई कुट्ने पुर्ब प्रधानपञ्च राइ

  • ८ फाल्गुन २०७५, बुधबार

बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पुर्बप्रधानपञ्च असित राई पक्राउ परेको २४ घण्टापछि बुधबार अपरान्ह  छुटेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीमा बुधबार पिडित र पिडक पक्षबिच बार्ता भएको र पिडकले गल्ति स्वीकार गरेपछि समझदारीमा उनलाई छोडिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
तत्कालीन बेलबारी गाबिसका पुर्वप्रधानपञ्च तथा हाल नेकपा कार्यकर्ता रहेका राईले बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन जाँदा मंगलबार कार्कीलाई कुटपिट गरेका थिए ।

गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी जेठी श्रीमति गोमा राई आएर आफुले पाउनुपर्ने पेन्सन छल्नको लागि बनाउन खोजिएको भन्दै  बसाइँ सराइको कागज च्यातिदिएपछि भएको बिवादमा कार्यालय सहयोगी कार्की पिटिएका थिए ।
राईले बिवादका क्रममा त्यहीँ रहेकी गोबर्धनकी श्रीमती गोमालाइ समेत कुटपिट गरेका थिए । राई विरुद्ध गोबर्धनकी जेठी श्रीमती गोमा र बेलबारी ४ वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीले छुट्टाछुट्टै उजुरी दिएका थिए ।

प्रहरी कार्यालयमा भएको छलफलमा गोबर्धन र गोमाको लफडा भने आपसी समझदारीमा समाजमा नै बसेर टुंग्याउने र नमिले मात्र कानुनी प्रक्रियामा जाने सहमति भएको छ ।

याे पनि …

नेपालमै छ छुट : कार्यालयमै कुटिए बेलबारी नगरपालिकाका कर्मचारी, पुर्व प्रधानपञ्च पक्राउ