प्रदेशस्तरीय महिला फुटबलको फाइनलमा पुगे मोरङ र ताप्लेजुङ

  • १७ फाल्गुन २०७५, शुक्रबार

धनकुटामा  संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलमा मोरङले झापालाई र ताप्लेजुङ्ले उदयपुरलाई हराउदै फाईनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनल खेलमा मोरङ्गले झापालाई शुन्यको विरुद्ध एक गोल गरेर फाईनलमा प्रवेश गरेको थियो  ।मोरङ्गको तर्फबाट जर्सी नम्वर ८ का रेष्मा राईले गोल गरेकी हुन । यसैगरी अर्को सेमीफाइनलमा ताप्लेजुङ्गले उदयपुरलाई शुन्यको विरुद्ध २ गोल गर्दै फाइनलमा पुग्न सफल भएको थियो । ताप्लेजुङ्गको तर्फबाट जर्सी नम्वर ९ का अनुष्का शेर्पा र सुष्मा खातीले एक/एक गोल गरेका थिए ।

पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी ओमन घोषित भएकी मोरङ्गकी जर्सी नम्वर ८ की रेष्मा राईलाई सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपती डिएस पी बालकृष्ण श्रेष्ठले र दोस्रो खेलमा त म्यान अफ दी ओमन घोषित भएकी ताप्लेजुङ्गकी जर्सी नम्वर ९ की अनुषका शेर्पालाई फुटवल संघ धनकुटका पूर्व अध्यक्ष शुम्भु प्रधानले पुरस्कार वितरण गरेका थिए  ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक सुरज खड्का, म्याच कमिशनल आशिष राई,ताप्लेजुङ्ग जिल्ला फुटवल संघका अधयक्ष बाल कुमार सावा,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई ,धनकुटा फुलवल संघका अध्यक्ष गोविन्द राई,जिल्ला खेलकुद विकास समिति धनकुटका प्रमुख नविन प्रधान,धनकुटा नगरपालिका वडा नं. ७ का निर्वाचित वडासदस्य सन्देश राई, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रुपेश श्रेष्ठ, सरिन प्रधान लगायतको सहभागीता रहेको थियो ।

प्रदेश नम्वर १ का १४ वटै जिल्लाहरुले भाग लिएको उक्त महिला फुटवल प्रतियोगिताको फाईनल खेल भोली मोरङ्ग र ताप्लेजुङ्ग विच हुने र तेस्रो स्थानका लागी उदयपुर र झापा बिच हुने जिल्ला खेलकुद विकास समिति धनकुटका प्रमुख नविन प्रधानले जानकारी दिए । – विजय राई, धनकुटा

,