प्रिन्स र रशिलाई यु-१७ ब्याडमिन्टनको उपाधी

  • १४ चैत्र २०७५, बिहीबार

सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधी हात पारेका छन् ।

प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१ । ४, २१ । ८ ले जित हात पार्दै उपाधी उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स तर्फ मोरङ्गकी सिमा राजबंशीलाई २१ । १४, २१ । १५ ले पराजित गरिन् । प्रतियोगितामा ब्वाईज तर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकरले तेश्रो स्थानमा चित्त बुझाए । गल्र्स तर्फ मोरङ्गकी निता लम्साल र सेनाकी रञ्जना भट्ट तेश्रो भए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधी उचाले । गत बर्षका बिजेता धामी र श्रेष्ठको जोडीले आफ्नै क्लबका बिजित थापा मगर र शोभा गौचनको जोडीलाई २१ । १०, २१ । १२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् ।

सेमिफाईलनमा दिपेश र पुजाको जोडीले आफ्नौ क्लका गौतम सिंह कठायत र सुनैना मुखियाको जोडीलाई २१ । १२, २१ । १६ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यस्तै बिजीत र शोभाको जोडीले सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडीलाई २२ । २०, २१ । १७ ले हराए ।

यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सि ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडी बिजयी भए । पुष्प र राजुको जोडीले एपिएफका भरत कुमार श्रेष्ठ र सुरेश बमको जोडीलाई २१ । १९ र २१ । ७ ले पराजित गरे । धादिङ्गका रमेश भट्टचन र बिष्णुलाल श्रेष्ठ तथा एपिएफका चुडामणी उपाध्याय र जंगबहादुर चन्दको जोडी संयुक्त रुपमा तेश्रो भए ।

४५ बर्ष माथिको प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले बाजी मारे । पराजुली र श्रेष्ठको जोडीले जेष्टकै मुन्ना के.सी. र प्रेम घलेको जोडीलाई २१ । १३, २१ । १४ ले पाखा लगाउँदै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा मंण्डलाको हरि खत्री र लोकेश्वर बखती तथा धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडी रहे ।

३५ बर्ष माथिको प्रतिस्पर्धामा एपिएफ क्लबका प्रेम कुमार श्रेष्ठ र चेत सिंह थापाको जोडीले उपाधी उचाले । श्रेष्ठ र थापाको जोडीले अफ्नै क्लबका राजु गौतम र लोक बहादुर थापाको जोडीलाई २१ । ८, २१ । १२ को सहज जित निकाल्दै जित हात पारेका हुन् । एपिएफका कुश बुढाथोकी र धिरेन्द्र चन्द तथा जिवेश कुमार पाण्डे र गणेश बहादुर मल्ल संयुक्त तेश्रो भए ।

बिजयी ६ बिधाका खेलाडीहरुलाई आजनै पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालका विच उपाधीका लागि भिडन्त पक्का भएको छ । दिपेशले सेनाका प्रफुल महर्जनलाई २१ । १२, २१ । १५ ले तथा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१ । १९, २१ । ११ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

यस्तै महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्ग र सेनाका रशिला महर्जन फाईनल प्रवेश गरे । जेशिकाले सेनाकी अमिता गिरीलाई २१ । १३, २१ । ११ ले तथा रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१ । १५, २१ । १२ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका हुन् ।

पुरुष युगल तर्फ पनि एपिएफका दिपेश धामी उपाधी निकट पुगेका छन् । उनले बिजित थापा मगर संग मिलेर पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २१ । १८, २१ । १७ ले पराजित गर्दै फाईनलमा सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी संघको भेट पक्का गरे । महर्जनज जोडीले एपिएफका सुदीप सेढाई र साजन कृष्ण ताम्राकारको जोडीलाई २१ । १४, २१ । १९ ले पाखा लगाए ।

कुल ७ लाख १० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा छात्र तथा छात्रा तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २५, १५ र ५ हजार प्राप्त गरे । मिश्रीत युगल तर्फ बिजयी प्रथम, द्वितीय र तृतीय हुने जोडीहरुले नगद ४० हजार, २५ हजार र १० हजार प्राप्त गरे

यस्तै मास्टर ३५ बर्ष माथि, भेट्रान्स ४५ बर्ष माथि तथा ५५ बर्ष माथिको युगल खेलमा शिर्ष तीनले १० हजार, ८ हजार र ६ हजार नगद प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण महत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए ।

भोली प्रतियोगिताको अन्तिम दिन बिहान ११ ः ०० बजे महिला एकल, पुरुष युगल र महिला युगल तथा २ ः १५ बजे पुरुष एकलको फाईनल खेल हुने कार्यक्रम रहेको छ ।