टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

  • २६ चैत्र २०७५, मंगलवार

बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ ।

बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ ।

मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई वोलाएर अन्तरक्रिर्या कार्यक्रम गरेको छ । आफनो टोल आफै बनाउंँ भन्ने उदेश्यका साथ टोलका पदाधिकारीहरुलाई समेटिएको वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

उक्त कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल थिए । कार्यक्रममा शाखा अधिकृत महेन्द्र खड्का र योजना शाखाका प्रमुख झमक भट्टराई लगायतले सहजिकरण गरेका थिए । ३ नम्बर वडामा १५ वटा टोल विकास सस्था छन् ।