विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप

  • ३१ बैशाख २०७६, मंगलवार

विराटचाेक, माेरङ/ ग्रामीण महिलाकाे अार्थिक स्तरलाई माथि उठाउने उद्देश्यकासाथ सुन्दरहरैंचामा विगत ४५ दिनदेखि जारी बाँसका हस्तकला सम्वन्धी तालिमकाे सोमबार एक कार्यक्रमविच समापन गरिएकाे छ ।

आयआर्जनमार्फत महिलालाई स्वालम्बन गरनउने उद्देश्यले तालिमकाे अायाेजना महिला उपभाेक्ता समितिकी अध्यक्ष देवि पाैडेलले जानकारी दिईन ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ विराटचाेकमा चैत्र १८ गतेबाट सुरु भएकाे तालिमकाे नगरप्रमुख शिवप्रसाद ढकालले एक कार्यक्रमबिच समापन गरेका थिए ।

तालिममा सुन्दरहरैंचा वार्ड नं ९ का १८ जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे । तालिममा उत्कृष्ठ सीप प्रस्तुत गर्ने विभिन्न ३ जना महिलालाई नगरप्रमुुख ढकालले सम्मान गरेेका थिए ।

समापन कार्यक्रममा सहभागीहरुले तयार पारेका हस्तकलाका सामग्रीहरुकाे प्रदर्षनी समेत गरिएकाे थियाे ।साथै समापनकाे अवसरमा अाएका पाहुनालाई आफैले तयार पारेका हस्तकलाका सामग्री उपहारकाे रुपमा दिन पाउँदा सहभागीहरु मख्ख देखिन्थे ।

साे तालिममा गुराँस हस्तकलाका रीता दाहाल र सुरेश दाहालले तालिमकाे सहजीकरण गरेका थिए । – केशु विरही