बेलबारी नगरपालिकाद्वारा कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन

  • ३१ बैशाख २०७६, मंगलवार

बेलबारी नगरपालिकाको बैशाख ३० गते बसेको ३० औ कार्यपालिका वैठकले कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन गरेको छ  ।

धनपति गौतमको सयोजकत्वमा बनेको ३ सदस्यीय सहयोग समितिको सदस्यहरुमा गिता शिवा र ऐश्वर्य प्रसाद आचार्य विपिन रहेका छन ।

त्यस्तै ६ सदस्यीय कानुन तर्जुमा मस्यौदा समितिमा वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतम संयोजक छन ।  अन्य सदस्यहरुमा विश्व बन्धु बस्नेत ,यम वहादुर पोख्रेल (राजन) शिनाथ धिमाल, आनन्द मोते र हिरावति राजवंंशी रहेको नगरपालिकाका सुचना अधिकारी महेन्द्र खड्काले बताए ।