बेलबारी १ र ११ पनि मेयरकप फुटबलको सेमिफाइनलमा

  • ५ जेष्ठ २०७६, आईतवार

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताका क्वाटर फाइनल खेलमा वडा नम्बर १ र ११ सेमिफाइनलमा पुगेका छन् ।

आइतबार भएको खेलमा ११ नम्बर वडाले ३ नम्बर वडालाई १–० गोल अन्तरले विजयी भएको छ । खेलको सुरु समयमै कासिम राइले गरेको गोलनै ११ नम्बरका लागि सेमि फाइनलमा पुग्ने अबसर बन्न पुग्यो ।

सोमबारको पहिलो सेमि फाइनलको खेल खेल १ र ४ नम्बर वडा विच हुने आयोजकले जनाएको छ ।

यस अघि शनिवार भएको क्वाटर फाइनल खेलमा वडा नम्बर १ बिजयी भएको थियो  ।

१ नम्बर वडाले ५ नम्बर वडालाई ३–० गोल अन्तरले विजयी भएको हो । आमोस मगरले खेलको ८ औ मिनेटमा एक गोल गर्दै एक नम्बरका लागि खाता खोलेका थिए । उनले २२ मिनेटमा पुन अर्को गोल गरेका थिए । २८ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक नै गरेका थिए । गत बर्ष बिजेता बनेको वडा नम्बर १ यो वर्ष निरन्तरता दिने लक्ष्य सहित अगाडि बढेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।