बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न

  • ११ जेष्ठ २०७६, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ ।

जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।

बेलबारी नगपालिकाकाे सभाहलमा संचालित कार्यक्रममा प्राज्ञद्वय गंगा सुवेदी र विवश पाेखरेल,  बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, प्रा. डा. टंक न्याैपाने, स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी संरक्षिका सरला चापागाई, साहित्यकारहरु वद्री भिकारी, टीका अत्रेय, जिविका अश्रु, मनु मन्जिल, देवि पन्थी, विन्दु दाहाल, मायामितु न्याैपाने लगायतका दर्जनाैँ स्रष्टाहरुकाे सहभागिता रहेकाे थियाे ।

दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकाे विकासमा अब स्थानीयपालिकाकाे पनि विशेष भूमिका रहेकाे वताए ।

कुलपति उप्रेतीले भाषालाई एकरुपतमा ल्याउनमा प्रतिष्ठान लागिरहेकाे, चाँडै भाषाकाे “शैलीपुष्टिका” निकाल्न लागेकाे वताए ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले राष्ट्रलाई समृद्ध पार्न स्रष्टाहरुकाे पनि उत्तिकै भूमिका रहेकाे वताईन् ।

साे अवसरमा स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ तथा मूर्तिकार श्याम गाैतमलाई सम्मान गरिएकाे थियाे ।

शनिबार नै कवि धनजित पराजुलीकाे कथा सङ्ग्रह हुलियाकाे विमाेचन समेत गरिएकाे थियाे  ।

साे अवसरमा स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, प्रा.डा. टंक न्याैपाने, ईरन राईले कार्यक्रमा शुभकामना मन्तव्य राखक  थिए ।

साथै कार्यक्रममा हरिकट्टेल, खगेन्द्र खुसी, जिविका अश्रु, विवश पाेखरेल, टीका अात्रेय, बद्री भिकारी, विन्दु दाहार, गायतका  स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए ।