बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

  • ९ श्रावण २०७६, बिहीबार

बेलबारी नगरपालिकाले केहि दिनदेखि आएको अविरल बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेको छ ।

दैविक प्रकोप उदार कोष मार्फत बेलबारीका ३, ५, १०  र १ का बाढीी पिडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । वाढीवाट विस्थापित अमर वहादुर खत्री र निशान सग्रौलाको परिवारलाई नगद २५ /२५ हजार आर्थिक सहयोग गरेको छ । खत्री र सग्रौलाको परिवार अहिले छिमेकीकोमा वसिरहेका छन् । त्यस्तै वाढीकाट क्षति पुर्याएका बेलबारी ३ कै भुपिन्द्र प्रसाद आचार्य, गणेश खत्री, सरीता राई, र १० नम्बर वडाका शेरवहादुर कामीलाई नगद १५/१५ हजार राहत दिएको नगरपालिकाका प्रबक्ता योगन्द्र प्रसाद सुवेदीले बताए । सुवेदीले नै पिडित परिवारलाई राहत वितरण गरेका छन् ।

प्रबक्ता सुवेदीका अनुसार बेलबारी २ का अग्नीपिडित विनोद श्रेष्ठको परिवारलाई पनि नगरपालिकाले २५ हजार  राहत वितरण गरेको छ ।

तत्कालका लागि वाढीबाट क्षति पुर्याएका परिवारलाई सहयोग पुर्याएको सुवेदीले बताए । उनले उदार तथा राहत कार्यमा खट्न समेत सवैलाई आग्रह गरेका छन् ।