चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

  • ७ भाद्र २०७६, शनिबार

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ ।

बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे ।

साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश नं १ अध्यक्ष उत्तम चाैलागाई, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिका चाैलागाई लगायत विभिन्न जिल्लाबाट आएका चाैलागाई बन्धुहरुकाे सहभागिता  थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि प्रदेशसभाकी उपसभामुख सरस्वती पाेखरेलले चाडवाड भड्किलाे भैरहेकाे परिप्रेक्षमा चाैलागाई प्रतिष्ठानद्वारा संचालन गरिएकाे याे सामूहिक तीज कार्यक्रमकाे विशेष महत्व रहेकाे वताईन् । चाैलागाई प्रतिष्ठानका प्रदेश संयाेजक उत्तम चाैलागाईलेे कार्यक्रमकाे औचित्य वारे प्रष्ट पारेका थिए ।

साे अवसरमा विशेष तीज नाचगानका साथै उपस्थित सबैलाई दर समेत खुवाईएकाे थियाे । सुगम चाैलागाईकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने दुर्गाप्रसाद चाैलागाईकाे रहेकाे थियाे ।