कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्

  • ११ भाद्र २०७६, बुधबार

शिब राज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरुलाई कम्पनी मालिकले पुरस्कार, इनाम र सुनको सिक्का समेतबाट पुरस्कृत  गर्ने गरेका छन् ।

त्यस क्रममा दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले हालै  जनही १५ हजार रियाल इनाम पाएका छन् ।

इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपल्क्ष्यमा नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् ।
सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङ निवासी चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् ।
दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएका छन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भुमीमा भएजस्तो पनि नलागेको बताए । उनले आफुले प्राप्त गरेको इनाम रकम घरखर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए ।

ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले कृष्णबहादुरले नजानेको काम भनेको केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेका छन् ।
अल नासर इन्रटप्राइसेज कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षदिक्षा प्रदान गरेका छन् भने घरको आर्थिक स्थिति पनि राम्ररी सुधारेका छन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको बताउँदै कृष्णबहादुरले नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको बताउँदै उनले आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेज कम्पनीमा काम गरिरहदा आफुले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए ।

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुहरुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुहरुलाई पुर्ण विश्वास लागेको इनामका भागिदार चौधरी र गुरुङ दुवैको भनाई थियो ।
कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् । १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै पुरस्कार, इनामहरुबाट लाभान्वित भइसकेका छन् ।
कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारका छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् ।