‘सहाराको जग्गा फिर्ता गर, भू-माफियालाई कारबाही गर्’ भन्दैै सडकमा निस्किए बेलबारीबासी
- १२ भाद्र २०७६, बिहीबार
मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको नाममा रहेको जग्गा बेच्ने भुमाफियाहरुलाई कारबाहीको माग गर्दै बेलबारीका युवाहरूले नाराबाजीसहित बिरोध प्रर्दशन गरेका छन् ।
बेलबारीका बिभिन्न संघसंस्था र राजनीतिक दलमा आबद्ध युवाहरुले भुमाफियाबिरुद्ध बिहिबार अपरान्ह बेलबारीमा प्रर्दशन गरेका हुन । उनीहरुले बिक्री भएको जग्गा फिर्ता र भुमाफियाहरुलाई कारबाही हुनुपर्ने माग सहितका पले कार्ड बोकेर नाराबाजी सहित बेलबारी बजार परिक्रमा गरेका छन् ।
साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पुर्ब साँसद हर्कमान तामाङ, पुर्ब गाबिस अध्यक्ष शिव बराल लगायतका केेही ब्यक्तिले ईटहरीका डम्बर तामाङलाई बिक्री गरेका थिए । बालग्रामको नाममा रहेको १ बिघा ९ कठ्ठा जग्गामध्यये १ बिघा ८ कट्ठा ३ धुर जग्गा ब्यक्तिको नाममा गईसकेको छ ।
बि.स २०५६ सालमा असहाय वालवालिकालाई आश्रम र बिपन्नलाई घर सहितको बासको व्यवस्था गर्ने उद्देश्यले स्थापित सहारा सञ्चालकहरुको स्वार्थको सिकार हुँदा अस्तित्वबिहीन भएको छ ।
साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको थियो । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । पछि संस्था सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी सहयोग आएको थियो । बिदेशीले दिएको गाडी, ब्लाङकेट लगायत करोडौंका सामान पनि गायब पारिएका छन् । सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् ।
केही दिन अघि वालग्राममा बैठक बोलाएर हर्कमान तामाङ, शिव बराल, प्रताप थापा, लक्ष्मण थापा लगायतले त्यहाँ बसोबास गर्दै आएका परिवारलाई अन्यत्र जान दबाब दिएको त्यहाँका बासिन्दाले आरोप लगाएका छन् ।
यो पनि …
पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा
सहारा बिक्री काण्डबारे नेकपाको छानबिन समिति गठन, बिवादित ब्यक्ति पनि छानबिन समितिमा !
सहारा बिक्री काण्डविरुद्ध बेलबारी नपामा उजुरी, सर्बदलीय छानबिन समिति गठनको पनि माग