जिल्ला अदालत मोरङबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजाय समेत पाएपनि  फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा मोरङ्गको बुढीगंगा नगरपालिका ३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको थियो  । आधा दर्जन यूवतीको बलात्कार तथा लाखौ रुपैया ठगी गरेको घटनामा संलग्न रहेका यादवले समाजिक संजाल इमोमा आफूलाई संजिव खडका भनी चिनाउदै आएको इप्रका कंचनपुरका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा इमोमार्फत फोन गरी रोजगारी डटकमको म्यानेजर हुँ भन्दै विभिन्न बैंक तथा अन्य संस्थामा जागिर लगाई दिने प्रलोभन देखाएर घरमै युवतीलाई बोलाई रकम ठगी र जबर्जस्तीकरणी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेकोे डिएसपी मिश्रले बताए ।

प्रहरीका अनुसार तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिने भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्तीकरणी र ठगि तथा लुटपाट गरेको भनी पिडितहरुले दिएको प्रमाणको आधारमा पक्राउ गरिएको हो ।

यादवले सामाजिक संजालमा तीन वर्षदेखि रोजगारी डटकमको नामबाट टाढा–टाढाका महिलालाई जागिरको प्रलोभन देखाई लुटपाट तथा जबर्जस्तीकरणी गर्ने गरेको बताइएको छ । यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीसँग यौन दुव्र्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैया समेत बरामद गरिएको छ ।

अदालतबाट म्याद थप गराई उनीमाथि जबर्जस्तीकरणी उद्योग, लुटपाट तथा ठगी लगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।