जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले गर्यो रक्तदान कार्यक्रम,६० प्रिन्ट रगत संकलन

  • २३ भाद्र २०७६, सोमबार

बेलबारी जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड नजिकै जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रज्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा सेन्चुरी बैंकको सहयोगमा रक्तदान कार्यक्रम कार्यक्रम भएको हो ।
          रगतकाे अभाव हुन नदिन जेसिस सप्ताह अन्तरगत रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे बेलबारी जेसिसले जनाएकाे छ ।
          जेसिज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रमको रुपमा रक्तदान आयोजना भएको हो । सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको रूपमा कुसे औंसीको दिन बाबुको मुख हेर्नेे र दोस्रो कार्यक्रमको रूपमा बेेतना सिमसार सरसफाइ सम्पन्न गरिसकेको छ ।
        मंगलबार सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम आयोजना हुँदैछ । बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार विहान कार्यक्रम हुने बेलबारी जेसिजले जानकारी दिएको छ ।