बेलबारीमा पहिलोपटक डोरितान प्रतियोगिता सम्पन्न, १९ टीममध्ये माउन्ट एभरेस्ट बन्यो बिजेता

  • ३० भाद्र २०७६, सोमबार

निकेश प्रसाइं ।  केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समिती मोरङको आयोजनामा बेलबारीमा पहिलो पटक विद्यालय स्तरिय डोरितान प्रतियोगिता-२०७६ सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकामा केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समितीको आयोजना र बेलबारी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा विद्यालय स्तरिय डोरितान प्रतियोगिता सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा यसै सस्थाकी अध्यक्ष शितल रायको सभापतित्व रहेको थियो । यस कार्यक्रममा बेलबारी नगरपालिकाकी उप-प्रमुख ढाका कुमारी पराजुलीको प्रमुख आतिथ्यता र मोरङ्ग जिल्ला डोरितान संघ मोरङकी अध्यक्ष रिता न्यौपानेको विशिष्ट आतिथय्ता रहेको थियो ।

यस डोरितान खेलको उद्घाटन भने एक तर्फ बेलबारी नगरपालिकाकी उप-प्रमुख लगायतको टोलि र मोरङ्ग जिल्ला डोरितान संघकी अध्यक्ष लगायतको दुई टिमले डोरी तानातान गरेर गरिएको थियो ।

बेलबारीमा रहेका सामुदायिक र निजि विद्यालय मध्येका १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बेलबारी नगरपालिका वडा नम्बर ११ मा रहेको माउण्ट एभरेष्ट इङ्लिस स्कुलले विजेता भइ नगद रु ११ हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यसैगरी नगरपालिका वडा नम्बर १ को सगरमाथा इङ्लिस स्कुलले उप-विजेता भइ नगद रु ७ हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 

प्रतियोगिता कार्यक्रम भरी उत्कृष्ट खेल प्रदर्शन गर्ने बेलबारी नगरपालिका वडा नम्बर ४ को यलम्बर इङ्लिस स्कुलले फेयर अफ द टिमको उपनाम सहित ट्रफी हात पारेको छ ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उप-प्रमुखले डोरितान खेल एक पुरानो मात्र नभई ऐतिहासिक खेल पनि हो र यसलाई हामी सबै मिलेर प्रवर्द्धन गर्नु आवश्यक छ भन्दै कार्यक्रममा उपस्थित प्रमुख अतिथीले भन्दै गर्दा आफुले डोरितान सम्बन्धी कुनै पनि कार्यक्रम गर्दा साथ सहयोग गर्ने समेत उनले बताएकी थिइन ।

डोरितान सम्बन्धी बेलबारी नगरपालिका डोरितान नगर समितीका सचिव टेकनाथ शर्मा जम्मरकट्टेलले सन्चालन गरेको उक्त कार्यक्रममा अतिथीहरुलाई स्वागत सम्मान गर्दै यसै सस्थाका सदस्य निकेश प्रसाईले स्वागत मन्तव्य राखेका थिए । यस कार्यक्रममा विभिन्न पालिकाका डोरितान समितीका अध्यक्ष तथा प्रतिनिधि, मोरङ जिल्ला डोरितान संघका सदस्यहरु लगायतले सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाकि उप-प्रमुख ढाका कुमारी पराजुली, वडा नम्बर ६ का वडा अध्यक्ष उदय बहादुर राई, मोरङ जिल्ला डोरितान संघकि अध्यक्ष रिता न्यौपानेले सुभकामना मन्तव्य राख्दै बेलबारी नगरपालिकामा पहिलो र उत्कृष्ट खेल प्रतियोगिता रहेको कुरा प्रस्ट पारेका थिए । यसै कार्यक्रममा मोरङ जिल्ला कराते संघका वरिष्ठ उपाध्यक्ष हेमन्त सुबेदीलाई मलेसियामा भएको कोच सेमिनारको परिक्षामा नेपालको तर्फबाट सहभागी भइ मोरङ जिल्लाको पहिलो एसियन कोच हुन सफल भएकोमा सम्मान समेत गरिएको थियो ।

मोरङका १७ वटा पालिकाहरुमा डोरितानको समिती गठन भइ सकेका छन् ।