पुर्वका ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

  • ३ आश्विन २०७६, शुक्रबार

संविधान जारी भएको अवसरमा असोज ३ गते  देशभर संविधान दिवस मनाउने क्रममा पुर्वका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरिएको छ ।
प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भब्य भएको हो  ।  हजारौंको संख्यामा  हातहातमा झण्डा लिएर आएका विद्यार्थी, कर्मचारी, सर्वसाधरण, निजामती कर्मचारीको सहभागीताले सहिद रंगशालाको प्याराफिट भरिएको थियो ।
अझ विभिन्न जातजातीका झाँकी तथा कला कौशलयुक्त नेपाली सेनाको प्रस्तुतीले सहभागीलाई रोमाञ्चक बनाएको थियो । सहिद रंगशाला विराटनगरमा आयोजित समारोहमा प्रदेश १ का प्रदेशप्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई, उच्च अदालतका प्रमुख न्यायाधिश, उपसभामुख, प्रदेशका मन्त्रीहरु, संविधानसभाका पूर्व सदस्यहरु तथा प्रदेशसभा सांसदहरु, प्रतिपक्षी दलका नेता अन्य जनप्रतिनिधि, विशिष्ट सरकारी अधिकारी तथा आम समुदायको सहभागीता थियो ।
समारोहका अवसरमा राष्ट्रिय गानका रचयिता ओखलढुंगाका प्रदिप कुमार राई (व्याकुल माइला ), २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तीमानी सोलुखुम्बुका कामीरिता शेर्पा र भोजपुरकी अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई प्रदेशका प्रमुख गोविन्द तुम्बाहाङले पाँच लाख नगद सहित सम्मान गरिएको छ ।

बेलबारी, सुन्दरहरैंचा र केराबारीमा पनि गरियो दिप प्रज्वलन 

त्यसैगरी दीप प्रज्वलन गरेर लालभित्तीवासीले पनि संविधान दिवशकाे मनाएका छन् ।

लालभित्ती चाेकमा भेला भएका स्थानीयवासीले दीप प्रज्वलन् गरेर तेश्राे संविधान दिवश मनाएका हुन ।

साे अनाैपचारिक दिप प्रज्वलन बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतमले संवाेधन गरेका थिए ।

साे अवसरमा शिक्षा सन्देश ई स्कुलका पेरिन्सिपल एवम्  काङ्रेस बेलबारीका सचिव राजेश खत्री, नेकपा वार्ड नं २ संयाेजक सिताराम न्याैपाने, बेलबारी उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की लगायतकाे सहभागिता थियाे । चाेकमा यति महत्वपूर्ण कार्यक्रम भैरहदा स्थानीय सहभागिता भने न्यून थियाे ।

नेपाली कांग्रेस बेलबारीले पनि पार्टी कार्यालयमा भेला भइ संविधान दिवस मनाएको छ । बेलबारी नगरपालिकाले पनि नगरपालिका कार्यालयमा दिपावली गरेको छ ।

त्यसैगरी मोरङकै केराबारीमा पनि दिप प्रज्वलन लगायत विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । त्यसैगरी बेलबारी ६ मा पनि संविधान दिवसको अबसरमा दिपावली गरिएको छ ।

शुक्रबार नै स्वतन्त्र विधार्थी युनियन सुकुना बहुमुखी क्याम्पसले पनि शुक्रबार साझ क्याम्पस परिसरमा दिप प्रज्ज्वलन गरी संविधान दिवस मनाएको छ ।