मोरङमा ‘आइडल’ आयोजना गर्ने क्रम बढ्दै, बेलबारीपछि भो सुन्दरहरैंचा सिङ्गिङ आइडल पनि

  • १४ आश्विन २०७६, मंगलवार

सुन्दरहरैंचा सांस्कृतिक परिवारले आयोजना गरेको सिङ्गिङ आइडलको फाइनल राउन्डमा उत्कृष्ट १० प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले आइडलको टाइटल जितेका हुन् ।

सिङ्गिङ आइडलको फाइनल राउन्डमा दश जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै स्वरुप खतिवडा सुन्दरहरैचा आइडल घोषित भए । उनले यो नानीको शिरैमा इन्द्र कमल फूल फुल्यो,  कुन मन्दिरमा जान्छौ यात्री बोलको गीत गाएका थिए ।  सिङ्गीङ आइडलमा समिक्षा घिमिरे दोस्रो , आयुष विष्ट तेस्रो तथा रोनिका राई सन्तवना अर्थात चौथो भएका छन्  ।

आधुनिक साउन्ड, लाइटिङ र लाइभ वाद्यवादनमा भएको गायन प्रतिस्पर्धामा बिजेता हुने चारैजनालाइ  ट्रफी र प्रमाणपत्र सहित बिजेतालाई २५ हजार, सह विजेतालाई १५ हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार दिइएको छ । उत्कृष्ट हुनेहरुलाई गायनका अन्य अवसर समेत प्राप्त हुने कार्यक्रमका प्रविधिक सहयोगी जेवि थुलुङले बताए ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यता र उपप्रमुख धनमाया तामाङको बिशिष्ट आतिथ्यतामा भएको आइडलको फाइनल राउन्डमा लोक गायक बालकृष्ण कार्की , संगीतकार तथा गीतकार भीम वस्नेत , संगीत प्रशिक्षक गणेश रिजालले निर्णायकको जिम्मेवारी पाएका थिए  । अध्यक्ष आनन्द बस्नेतले जानकारी दिए ।

सुन्दरहरैंचा सिङ्गिङ आइडलको लागि जम्मा १ सय ८५ जाना प्रतिष्पर्धीहरुले भाग लिएका थिए । र त्यसबाट  छानिएका प्रतिस्पर्धीहरुमध्ये १० जना विभिन्न चरण पार गर्दै टप टेनमा पुुुुगेका थिए । टप टेनमा पुगेकाहरुले बिजेताका लागि प्रतिस्पर्धा गरेका थिए ।

त्यसो त पछिल्लो समय स्थानीय स्तरमा ‘आइडल’ आयोजना गर्ने होडबाजी देखिन थालेको छ । बेलबारीमा पनि केही महिनाअघि ‘सुर सप्तक बेलबारी आइडल’ आयोजना भएको थियो ।