धनकुटामा पहिलो पटक आयोजित मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरे (रोजा नानु) ले जितेकी छन् ।
बुधबार राति धनकुटामा भएको फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्।
बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छिन् । आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि ले दिएको जानकारी अनुसार उनले १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने छिन् ।
जालपादेवी क्याम्पस पाख्रिबासमा स्नातक चाैथाे बर्षमा अध्यनरत छिन् । उनी यसै क्याम्पसकी स्ववियु सभापति समेत हुन् ।
प्रतियोगितामा फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअफ निरुता सुव्वा घोषित भएका छन् । उनीहरूले क्रमश ४० हजार र २० हजार नगद पुरस्कार र पाँच पाँच लाखको जीवन वीमा पाउने छन्। उनीहरू दुवै जनालाई एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर दिईने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडाैंका अध्यक्ष दीपक बराइली जानकारी दिए ।
यस्तै मिस धनकुटाका प्रतियोगी मध्ये विभिन्न १० विधामा उत्कृष्ट प्रतियोगीहरुलाई पनि पुरस्कृत गरिएको छ ।
मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडाैंको आयोजना तथा लेडिज धनकुटाको सह आयोजनामा भएको मिस धनकुटा कार्यक्रममा नायक राजेश हमाल, चलचित्र निर्देशक विभुल पोख्रेल, होटल एसोशिएसन इटहरीका अध्यक्ष जीवन पराजुली र मिस नेपाल सेकेन्ड रनरअप शान्ति पाख्रिन निर्णायकको भूमिकामा थिए।
त्रिवेणी स्कुलमा भएको मिस धनकुटाको फाइनल कार्यक्रममा बाबु बोगटी, विद्या तिवारी, कमल क्षेत्री र समिर विकले दर्शकलाई छमछमी नचाएका थिए ।