मोसु कुवेत र बहराइनद्वारा आगलागी पीडित र पक्षघातका बिरामीलाई आर्थिक सहयोग

  • ९ मंसिर २०७६, सोमबार

मोरङ्गसुनसरी सेवा समाज बहराइन र कुवेत शाखाले मोरङको केराबारी ८ आमजुङ्गीका आगलागी पिडित उमेश बस्नेतको परिवार तथा बुढीगङ्गा गाउंँपालिका ६ का पक्षघात बिमारी उमालाल थारुलाइ आर्थिक सहयोग गरेेेका छन् ।

मोरङ्गसुनसरी सेवा समाज बहराइनले बस्नेतको परिवारलाई ३० हजार तथा मोसु कुवेतले पक्षघात बिमारी उमालाल थारुलाइ १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

दुवै देशबाट पठाइएको रकम मोरङ्गसुनसरी सेवा समाज नेपालका कार्यसमिति वर्तमान अध्यक्ष रामनाथ भण्डारीले हस्तान्तरण गरेका थिए । पदाधिकारी एवम प्रवास साखाका पुर्व अध्यक्ष र पदाधिकारी ज्युहरुको उपस्थितिमा सो आर्थिक सहयोग प्रदान गरिएको मोरङसुनसरी सेवा समाजले जनाएको छ ।