धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग

  • १३ मंसिर २०७६, शुक्रबार

धनकुटा सेवा समाज कतारले धनकुटाका विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरेको छ ।समाजले खादले देबी मन्दिर मौनाबुधुक धनकुटालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी कतारमै निधन हुनुभएका चौबिसे गापा ७ धनकुटाका मोहन सुबेदीको परिवार लाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । त्यसैैैगरी गमहालक्ष्मी नगरपालिकाको जलकन्या प्राबि चानुवा, धनकुटाका बिध्यार्थीलाई नेरु १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको धनकुटा सेवा समाज कतारले जनाएको छ ।