सक्रिय हुँदैछन् प्रदेश सरकारले गठन गरेका टिन्स क्लबहरु, मोरङमा ३ सय ३९ क्लब गठन

  • १३ मंसिर २०७६, शुक्रबार

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक बर्षदेखि सुरु गरेको टिन्स क्लबहरुले विभिन्न कार्यक्रम गर्न थालेका छन्  ।

म अगाडि बढ्छु भन्ने मुल नाराका साथ सामुदायिक बिद्यालयमा गठन गरिएको क्लबले पछिल्लो समयमा विभिन्न कार्यक्रमहरु गर्न थालेका छन् ।

लागुऔषध दुव्र्यसनको असर, अपराध न्यूनीकरण र विपद् व्यवस्थापन तथा वातावरणबारे विद्यार्थीलाई जागरुक बनाउने मुख्य उद्देश्यले विद्यालयहरुमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरेर यस्ता कार्यक्रम सञ्चालन गरिएका हुन ।

गत साउनमा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राइले एक कार्यक्रका विच क्लबको सुभारम्भ गरेका थिए । मोरङमा हालसम्म ३ सय ३९ वटा सामुदायिक विद्यालयमा टिन्स क्लब गठन गरीएको छ । क्लबमा कक्षा ९ देखि १२ सम्मका १३ देखि १९ वर्ष समूहका विद्यार्थी आबद्ध भएका छन् । क्लबमा आबद्ध विद्यार्थीले हप्तामा एक दिन म अघि बढछु अभियानमा आबद्ध भएर विभिन्न गतिविधि गर्ने गरेका छन् ।

बेलबारी २ मा रहेको कविर माध्यमिक बिद्यालयमा गठन भएको सगरमाथा टिन्स कल्बले शुक्रवार सचेततना र्याली तथा लालभित्ती बजार सरसफाई समेत गरेको छ । ‘रुख रोपौँ बन जोगाऔ, वातावरण स्वच्छ बनाऔँ’ लेखिएका प्लेकार्ड सहित विद्यार्थीले लालभित्ति बजार सहित विभिन्न चोकको परिक्रमा गरेका थिए ।

गठन भएका कल्बहरुले सरसफाई तथा वातावरण संरक्षण संग समन्धित गतिविधि गर्ने गरेका छन् । टिन्स कल्बले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएको बेलबारी २मा रहेको कविर माध्यमिक बिद्यालयको टिन्स क्लबका शिक्षक नायक छत्रपति दाहालले बताए ।