मच्छिन्द्र माविका पुराना विद्यार्थीहरुको भेला सम्पन्न, १७ सदस्यीय पूर्व विद्यार्थी मंञ्च गठन

  • ४ पुष २०७६, शुक्रबार

मोरङ केराबारीस्थित मच्छिन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको एक भेलाले मच्छिन्द्र मावि पूर्व विद्यार्थी मंञ्च गठन गरेको छ ।

केराबारी गाउँपालिकाका अध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी रोहितवहादुर कार्कीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको भेलाले पुर्व विद्यार्थी मच्च गठन गरेको हो ।

भेलाले नविन थापा क्षेत्रीको सभापतित्वमा १७ सदस्यीय पूर्व विद्यार्थी मंञ्च गठन गरेको छ । गठित समितिमा उपाध्यक्ष खगेन्द्र सूवेदी, सदस्य सचिव सोही विद्यालय पूर्व विद्यार्थी एवं शिक्षक तिर्थ काफ्ले, सहसचिव अमृत राई र कोषाध्यक्ष मिरा भण्डारी छन् ।

गठित समितिका सदस्यहरुमा नमिता न्यौपाने, मणिकुमार राई, दिलकुमारी भट्टराई, लक्ष्मण ठाकुर , चन्द्र मगर, भरत रोक्का, अशोक दाहाल, राजन श्रेष्ठ, शोभा वास्तोला,  नवराज वस्नेत, ममिता सापकोटा छन् ।

विद्यालयको शैक्षिक सुधार, सर-सहयोग र सामाजिक क्रियाकलापमा संलग्न गराई विद्यालयको चौतफी विकासका निमित्त मंञ्चले विभिन्न कार्यक्रम गर्न सक्ने भएकाले पूर्व विद्याथी मंञ्च गठन गरिएको विद्यालयले जनाएको छ।