बेलबारी ९ का चार विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थीलाई स्विटर बितरण

  • २२ पुष २०७६, मंगलवार

बेलबारी नगरपालिका वडा नम्बर ९ ले ५ सय भन्दा वढी बिद्यार्थीलाई सुइटर वितरण गरेको छ ।

वडाले ४ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई सुइटर वितरण गरेको हो । ती विद्यालयहरुमा  कालि मावि, जनता मावि, ज्ञानोपार्जन आधारभूत विद्यालय र  दिपजोति आधारभुत बिद्यालय छन् । ती स्कुलका बिद्यार्थीलाई सुईटर बितरण गरेको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए ।

जाडो बढ्दै जांँदा बिद्यालयमा बिद्यार्थीको चाप घट्दै जान थालेपछि पठन पाठनमा असर नपुगोस् भनेर सुइटर बितरण गरेको वडा अध्यक्ष खड्काले बताए ।

अघिल्लो आवमा फर्निचर तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको वडाले चालु आवमा भने बिद्यालय पोसाक सुईटर वितरण गरेको वडा सचिव युवराज गुरागाईले बताए ।

पुसको पहिलो सातादेखि तराईका जिल्लामा जाडो बढ्दै जादा बिद्यार्थीहरुको सख्या घट्दै जान थालेपछि पढाइ प्रभावित  हुन नदिन र सामुदायिक बिद्यालय प्रति अविभावकको आकर्षण बढाउन स्थानिय तहरुले बिद्यार्थी खाजा खर्चदेखि न्यानो कपडा वितरण जस्ता कार्यक्रम गरिरहेका छन् । बेलबारी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि भोलेन्टीयर्स शिक्षा कार्यक्रम समेत लागु गरिसकेको छ ।