गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)
- २८ पुष २०७६, सोमबार
साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक भएको छ ।
गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत दिपक गीरीले छायांकन गरेका छन् ।
गीतको म्युजिक भिडियोलाई दिपक सिंहले निर्देशन गरेका छन् । भिडियोमा दिनेश कठायत र रेजिना बिष्टको अभिनय रहेको छ । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।



