सकुमबासीका समस्या सुल्झाउन मन्त्री र प्रधानमन्त्री गुहार्दै मोरङका जनप्रतिनिधिहरु

  • २८ पुष २०७६, सोमबार

उत्तम पोख्रेल / मोरङका तीनवटा स्थानिय तहका जनप्रतिनिधिहरु सुकुम्वासी समस्या लिएर प्रधानमन्त्री निवास पुगेका छन् ।

बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।

बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्याल र मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा चाडो गर्न ध्यानाकर्षण गराइएको बेलबारीका मेयर सुवेदिले बताए । टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई समेत भेटेर समस्या समाधानका ध्यानाकषर्ण पत्र बुझाएका छन् ।

बिसं २०३५ सालदेखि जोगभोग गर्दै आएको एउटा पक्ष पूर्जाविहीन भएको र ०४२ सालपछि सोही ठाउँको पूर्जा निकाल्ने पूर्जावाल पक्षबीचको ‘दोहोरो पहुँच’ को समस्याको छानविन गरी तत्काल समाधान गर्नु समेत माग गरीएको मेयर सुवेदीले बताए । उनीहरूले  समस्याको दीगो समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गरी समस्या समाधान गर्न माग गरेका छन् ।

टोलीसँग प्रधानमन्त्री ओलीले चाडै समस्या समाधान गर्ने आवश्वासन दिएका छन् । ओलीले अव आउने चुनाववमा सुकुम्वासी चुनावी नारा नहुने समेत बताएको पथरीशनिश्चरका मेयर दिलिप कुमार राईले बताए ।

मन्त्री अर्यालले समेत सुकुमवासी समस्याको काम अगाडि बढाइ सकिएको दाबी गरेकी छिन् । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत अबको चुनावमा नेकपाको चुनावी नारा सकुमवासी नहुने दोहोर्याएका छन् ।