सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुँदै, तयारी अन्तिम चरणमा

  • २ माघ २०७६, बिहीबार

बेलबारी, मोरङ/ स्थानीय कला र संस्कृतिलाई संरक्षरण संवर्धन गर्ने अभिप्रयालयले संचालन गरिदै आएको सुर सप्तक बेलबारी सिङ्गिङ आइडलको दोस्रो संस्करण हुने भएको छ ।

बेलबारी ३ स्थित ड्रिम ल्यान्डको सभाहलमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था स्रष्टा समाज बेलबारीले सो जानकारी गराएको हो ।

आइडल छनोट, प्रिसेमिफाइनल, सेमिफाइनल र फाइनलमा विभिन्न ४ चरणमा संचालन हुने आयोजकले जनाएको छ ।

स्रष्टा समाज बेलबारीका सचिव एवम कार्यक्रम संयोजक जे.वि थुलुङले दिएको जानकारी अनुसार माघ १७ गते शुक्रवार बिहान ७ बजे र दोस्रो अडिसन भने १८ गते शनिवार बिहान ७ बजे प्रथम अडिसन हुनेछ ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगीहरू मात्र प्रि-सेमिफाइनल राउन्डमा प्रवेश गर्न पाउने र प्रि-सेमिफाइनलबाट फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूलाई १ महिनाको पूर्ण प्रशिक्षण प्रदान गरिने पनि कार्यक्रम संयोजक जे.वि थुलुङले पत्रकार सम्मेलनमा जनाएका छन् ।

बेलबारी आइडल विजेताले नगद पुरस्कार रु.३० हजार, रु.३० हजार बराबरको गीत र भिडियो निर्माण, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सह विजेताले नगद पुरस्कार रु.१५ हजार, ट्रफी, प्रमाणपत्र र उप विजेताले रु.१० हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुग्ने गरी कार्यक्रम गरिने आयोजकले जनाएका छन् । बेलबारी नगरपालिको आर्थिक सहयोगमा हुने बेलबारी आइडलको हस्पिटालिटी पार्टनर ड्रिम ल्यान्ड रहेको छ । फाइन प्रतियोगिता भने भने चैत १ गते हुने छ ।