मोरङ बेेेलबारीका रविन घिसिङले जिते ‘मोडल सुपर स्टार’ सिजन टु को उपाधि

  • ५ माघ २०७६, आईतवार

प्रोमोटिङ सोलुसनद्वारा आयोजना गरिएको ‘मोडल सुपर स्टार’ को उपाधि मोरङ बेेेलबारीका रविन घिसिङले जितेेका छन् ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच भएको मोडल सुपर स्टारको दोस्रो संस्करणको फाइनलमा ३२ जना अन्तिम प्रतिस्पर्धीलाई उछिन्दै रविन ‘मिष्टर मोडल सुपर स्टार’ घोषित भएका हुन् ।  त्यसैगरी महिलाातर्फ ‘मिस मोडल सुपर स्टार’ को उपाधि सजना पन्तलेे जितेकी छिन्  ।

यस्तै प्रतियोगितामा युवातर्फ सुजन बस्नेत र युवतीतर्फ आकृति सुवेदी ‘पपुलर च्वाइस’ घोषित भएका छन् । यसैगरी युवातर्फ आशिष शाक्य र प्रशान्त शाह तथा युवतीतर्फ श्रृजना बस्नेत, सजिना सुब्बा र इच्छा अधिकारी ‘अर्गेनाइजर च्वाइस’ घोषित भएका छन् । 

 

यो प्रतियोगिताका विजेताले भारतको मुम्बइमा हुने मोडल सुपर स्टारमा भाग लिने अबसर पाउने आयोजक संस्था प्रोमोटिङ सोलुसनकी प्रमिला सिलवालले बताइन् ।  फेबुअरी १४ मा मुम्बईमा हुने प्रतियोगितामा नेपाली युवा युवतीले पनि उपाधि जित्ने आशा रहेको आयोजक संस्थाका निर्देशक रमेश शाहीले बताए ।

सौन्दर्य  प्रतियोगिताको फाइनल कार्यक्रममा कमल खत्री, रेखा शाह, अञ्जना राई र दिपिका थापाले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।प्रतियोगिताको कोरियाग्राफी रोजिन शाक्यले गरेकी थिइन्  ।

को हुन् रविन ? 

बेलबारी १ निवासी सन्तोष भनेर चिनिने युवा रविनको पृष्ठभुमि सामान्य हो । उनी सामान्य परिवारका युवा हुन् । वैदेशिक रोजगारीको शिलशिलामा केही बर्ष युएई बसेका उनी गत बर्ष स्वदेश फर्केका थिए । स्वदेश फर्केपछि घरमै बसेका रबिन केही महिनाअघि मात्रै काठमाडौं गएका थिए । यो उपाधि जितेपछि आफुलाई मोडेललिङ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको र अब यसै क्षेत्रमा भविष्य खोज्ने उनले बताएका छन् । – अम्बिका भण्डारी