सुकुनामा बुद्धिचाल प्रतियाेगिता, सुन्दरहरैंचा १२ का ठाउँठाउँमा थपिए सिसि क्यामेरा

  • १८ माघ २०७६, शनिबार

बिराटचोक, मोरङ / सुन्दरहरैंचामा  तीनदिने अन्तर मावि बुद्धिचाल प्रतियाेगिता शुरु भएकाे छ ।

विराट चेस क्लव विराटचाेककाे आयाेजना र सुन्दरहरैंचा १० मा रहेकाे सुकुना माविकाे व्यवस्थापनमा संचालन भएकाे बुद्धिचाल प्रतियाेगिताकाे प्रदेश नं १ सांसद राजकुमार ओझाले शुक्रबार  एक बकार्यक्रमवित उद्घाटन गरेका गरेका छन् ।

प्रतियाेगिता १९ गतेसम्म तीनदिनसम्म चल्ने र नगरभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरुकाे सहभागिता रहेकाे आयाेजक संस्था विराट चेस क्लवका अध्यक्ष देवेन्द्र कुमार काफ्लेले जानकारी दिए ।

प्रतियोगिताको प्रथमलाई पन्ध्र हजार, द्वितियलाई दश हजार र तृतीयलाई पाँच हजार पुरस्कार राशी घोषित छ । प्रतियोगितामा दर्जनभन्दा बढी बिधालयहरुको सहभागिता रहेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथ प्रदेश सांसद राजकुमार ओझाले खेलकुदका माध्यमबाट मात्र मानवीय विकास सम्भव हुनै हुँदा सबैले खेलकुदकाे विकासमा लाग्नु पर्ने बताए ।

सुन्दरहरैंचा नगरपालिकाका उपप्रमुख धना तामाङले खेलकुदकाे महत्व बताउदै सबैले सधै सकारात्मक साेचकासाथ अगाडि वढ्नु पर्ने बताईन । साथै उनले खेलकुद विकासमा नगरपालिका सधै साथमा रहेकाे प्रतिवद्धता पनि व्यक्त गरिन् ।

अायाेजक तथा व्यवस्थापन विद्यालय सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले अतिरिक्त क्रियाकलाप अन्तरगत पर्ने बुद्धिचाल प्रतियाेगिताले विद्यार्थीहरुकाे वाैद्धिकताकाे विकास गर्ने भएकाेले आफूहरुले याे प्रतियाेगिताकाे संयाेजन गरेकाे बताए ।

साे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर न्याैपाने, पूर्व प्रधानाध्यापक मेदिनीप्रसाद बराल, नेकपा सुन्दरहरैंचाका अध्यक्ष केदार गुरागाई, विराट चेस क्लवका देवेन्द्र कुमार काफ्ले लगायतले प्रतियाेगिताकाे सफलताकाे शुभकामना दिएका थिए ।

सुन्दरहरैचा १२ का विभिन्न स्थानमा सिसि क्यामेरा जडान

त्यसैगरी शान्ति सुरक्षालाई ध्यानमा राख्दै सुन्दरहरैचा नगरपालिका वडा न. १२ ले विभिन्न तीन स्थानमा सिसि क्यामेरा जडान गरेको छ । शुक्रबार प्रदेश सांसद राजकुमार ओझा  र सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङले सिसि क्यामेराको उद्घाटन गरेका छन् ।