बेलबारी नगरको पहिचान झल्काउने गीत सार्वजनिक, सातजनाको रचनामा बन्यो एउटै गीत

  • २१ माघ २०७६, मंगलवार

शनिवार नै पहिलो बेलबारी आइडल विजेता र टप टेन प्रतियोगीहरूको आवाजमा रहेका दुइटा गीत पनि सार्वजनिक गरिएको छ ।

बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालले  ‘प्यारो छ बेलबारी नगर’ र ‘तृष्णा त केवल बाँकी रहयो’ बोलका दुई गीत सार्वजनिक गरेका थिए । गीतमा भिम बस्नेतले संगीत दिएका छन् ।

‘मेरो लागि प्यारो छ बेलबारी नगर’ र ‘तृष्णा त केवल बाँकी रह्यो’  बोलको गित सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाको गौरव र पहिचान वर्णन गर्ने प्रयास गरिएको ‘मेरो लागि प्यारो छ बेलबारी नगर’ बोलको गीतमा ७ जनाको रचना र ९ जनाको आवाज रहेको छ । गीतमा भीम बस्नेत, तिला लेकाली, प्रेम गुरुङ, तारा पराजुली, बादलदेवी चाम्लिङ,  कुमार बोखिम र जेवी थुलुङको रचना रहेको छ । ती गितमा सञ्जिव धिमाल, पहिलो बेलबारी आइडल विवेस मोते, टंक मगर, लक्ष्मी पौडेल, रविसन खत्री, सुदिक्षा भट्टराई, इया राई, नविना पोख्रेल र सिजल रेग्मीको स्वर रहेको छ ।
त्यस्तै ‘तृष्णा त केवल बाँकी रह्यो’ बोलको गितमा भिम बस्नेतको रचना र प्रथम बेलबारी आइडल विजेता विवेस मोतेको स्वर रहेको छ । दुवै गितमा भिम बस्नेतलेे संगीत दिएका छन्  । पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड भएको दुवै गितका लागि  संगितकार भिम बस्नेतले लगानी गरेको  बेलबारी आइडलका कार्यक्रम संयोजक जेवी थुलुङले जानकारी दिए ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित पहिलो बेलबारी आइडलका विजेता विवेश मोतेले आफ्नो अनुभव सुनाउँदै बेलवारी आइडल २ का प्रतियोगीहरूलाई शुभकामना व्यक्त गरे ।