बेलबारी साहित्य विकास समाजद्वारा धरानका समाजसेवी पूर्णबहादुर गुरुङ सम्मानित

  • २४ माघ २०७६, शुक्रबार

बेलबारी साहित्य विकास समाज, मोरङले नेपाली भाषा–साहित्यको सेवा गरे बापत विमल स्मृति पुस्तकालय धरानका संस्थापक तथा  सञ्चालक पूर्णबहादुर गुरुङलाइ सम्मान गरेको छ ।

विमल स्मृति पुस्तकालय, धरानको सभाकक्षमा शुक्रबार भाषाविद तथा समालोचक प्रा.डा. टङ्कप्रसाद न्यौपानेले अबिर, नेपाली ढाकाटोपी, दोसल्ल र सम्मानपत्रद्वारा गुरुङलाई सम्मान गरेका हुन्  । रेखा सुवेदीको अध्यक्षतामा सम्मान कार्यक्रममा कवि विमल गुरुङको प्रतिमामा खादा अर्पण गरिएको थियो । मैैनबत्ती बालेर प्रमुख अतिथि प्रा.डा. न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए ।

पुुुर्व लाहुरे पूर्णबहादुर पुर्णबहादुुर स्वर्गीय विमल गुरुङका बाबु हुन् ।  छोराको अक्षरको सिद्धान्तलाई निरन्तरता दिन पूर्ण गुरुङले पुस्तकालयको स्थापना गरेका थिए । उनी लामो समयदेखि त्यही पुुुस्तकालयको सेवामा तल्लीन छन् ।

कार्यक्रममा रमेशकुमार तामाङ, डा. रमेश घिमिरे, ईरान राई, प्रकाश दिप्साली, गणेश तिम्सिना, शिवनारायण पण्डित ‘सिङ्गल’, मनिता चाम्लिङ, विष्णु भण्डारी, भीमकुमार राई, लीलाराम राई आदि अतिथि थिए ।

त्यसैगरी कार्यक्रममाा  टीका आत्रेय, सन्तोष थेबे, हिरा खड्का, रमेश निरौला, सन्देश तुम्बापो, लक्ष्मी अच्युत ढुङ्गाना, राधा भट्टराई, कविता केसरी, विमला कार्की, मणि राई, सञ्जीव धिमालले आ–आफ्ना रचना र गीत प्रस्तुत गरेका थिए ।

सम्मानित व्यक्तित्व गुरुङलाई सखी आर्टको तर्फबाट गणेश लामा ‘आँसु’ ले गुरुङकै कोरेको चित्र पनि उपहार स्वरुप  प्रदान गरिएको थियो ।