६ महिनामै ३५ प्रतिशत सकियो बिराटचोक घिनाघाट सडक चार लेनको काम, मुख्यमन्त्रीद्वारा अनुगमन
- ९ फाल्गुन २०७६, शुक्रबार
एक न. प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा परेको बिराटचोक-घिनाघाट फोरलेन सडकको ३५ प्रतिशत काम सकिएको छ । दुई बर्षे ठेक्का सम्झौता अन्तरगत गत भदौको अन्तिम हप्ता शिलान्यास भएको उक्त आयोजना करिब छ महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम सकिएको हो ।
द्रुत गतिमा भईरहेको निर्माण कार्यको शुक्रबार मुख्य मन्त्री शेरधन राई एक टोली लिएर आफैं सडक हेर्न पुगेका छन् । निर्माण कामको स्थिती, गुणस्तर, जनताका समस्या, पुराना पुर्वाधारको व्यवस्थापन जस्ता विभिन्न पक्षहरुलाई मुख्यमन्त्री राइले नजिकबाट नियालेका हुन् ।
अनुगमन टोलीमा प्रदेश सरकारका भाैतिक पुर्वाधार बिकास राज्य मन्त्री अम्बिर बाबु गुरुङ, उधाेग वन तथा पर्यटन राज्य मन्त्री विजय विश्वास, प्रदेश सांसद राजकुमार ओझा, भौतिक पुर्वाधार मन्त्रालयका सचिव राजेश घिमिरे, सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठ, स्थानीय निकायका विभिन्न जनप्रतिनिधिहरु, ठेकेदार र विभिन्न सञ्चारकर्मीहरु सहित मुख्यमन्त्री सहभागी थिए । मुख्यमन्त्रीले घिनाघाटदेखि बिराटचोकसम्मका विभिन्न स्थलहरुको अनुगमन गर्नुका साथै जनगुनासो पनि सुनेका थिए ।
प्रदेश सरकारका भाैतिक पुर्वाधार बिकास राज्य मन्त्री अम्बिर बाबु गुरुङ, उधाेग वन तथा पर्यटन राज्य मन्त्री विजय विश्वास, प्रदेश सांसद राजकुमार ओझा, भौतिक पुर्वाधार मन्त्रालयका सचिव राजेश घिमिरे, सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठ, स्थानीय निकायका विभिन्न जनप्रतिनिधिहरु, ठेकेदार र विभिन्न पत्रकारहरु सहित मुख्यमन्त्रीले घिनाघाट देखि बिराटचोक सम्मका विभिन्न स्थलहरुको पहिलो पटक अनुगमन गरेका हुन् ।
मुख्य मन्त्री राईलाई सडकमा देख्दा स्थानीय जनता खुशी बनेका छन् । राई आउदैँ गरेको थाहा पाएर ठाउँ ठाउँमा फुलका माला बोकेर जनताहरु स्वागत गर्न बसेका थिए ।
आफ्नो क्षेत्रको बिकासमा निकै लागीपरेका सांसद राजकुमार ओझा सडक आसपासका जनताका समस्याहरु बारे मुख्य मन्त्री राईलाई ध्यानाकर्षण गराई रहेका थिए । फोरलेन बाटो भित्र पर्ने पुर्वाधारको व्यवस्थापन, ड्रेन निर्माण, बिधुत व्यवस्थापन आदिबारे सांसद ओझाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सांसद ओझाले यसअघि पनि आफ्नो क्षेत्रमा पर्ने सडक निर्माण कार्यको अवलोकन गर्दै जन गुनासो संकलन गरेका थिए ।
प्रदेश सरकारले गौरवको आयोजना अन्तरगत समेटेको यस सडकको लागत दुई अर्बभन्दा बढी हुनेछ । खानेपानी, बिजुलीको पोल र तार अनि मठ मन्दिर सारेर निर्माण गर्ने बाहेक घिनाघाटदेखि बिराटचोक खण्डको फोरलेन सडक कुल १ अर्व ६२ करोडको लागतमा निर्माणाधीन छ । सो खण्डमा खानेपानी पाइप बिछ्याउन साढे ४ करोड र विद्युत पोल र तारका लागि पनि साढे ४ करोड रुपैयाँ नै बजेट बिनियोजन गरिएको छ । त्यस बाहेक मठ मन्दिर सार्ने खर्च पनि प्रदेश सरकारले ब्यहोर्ने छ ।
घिनाघाटदेखि बिराटचोक खण्डको फोरलेन सडक आयोजनाको काम २०७६ साल असार मसान्तभित्र सक्नेगरी सम्झौता भएको छ । दुई खण्डमा बिभाजन गरी ठेक्का लगाइएको सडकको मुल ठेक्का श्रेष्ठ रमण एपेक्स जेबीले पाएको छ । त्यसमा पनि हाल दुई ख्ण्ड बनाएर झिनाघाट पुलदेखि बिराटचोकसम्म काम भइरहेेेेको छ । झिनाघाट पुल सहित पुलदेखि बिराटनगरको मिलन चोकसम्म ६ किलोमीटर सडक खण्ड भने ठेक्काको प्रक्रियामा रहेको सांसद ओझाले जानकारी दिए ।
२०७६ भाद्र २३ गते मुख्यमन्त्री राइले बिराटचोक-घिनाघाट फोरलेन सडक शिलान्यास गरेका थिए । २०७७ असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा हालको निर्माण कार्य हेर्दा सो अवधि भन्दा अगावै सकिने प्रदेश सांसद राजकुमार ओझाले बताए ।
तिब्र रुपमा काम भईरहँदा सडक आसपासका जनताको मुहारमा खुशी छाएको छ । प्रदेश राजधानी बिराटनगरको मुल प्रवेशद्वारको रुपमा घोषित उक्त सडकले सर्वसाधारणलाई धुवाँ धुलो रहित ढङ्गले छोटो समयमा राजधानी जान आउन निकै सहज पुग्नेछ । यो फोरलेन सडक निर्माण भए पश्चात् प्रदेश सरकारले परिकल्पना गरेको अत्याधुनिक बृहत् बिराट क्षेत्रको आधार समेत तय हुनेछ ।
सो सडकको माटो पुर्ने काम ८० प्रतिशत र ड्रेन नाला निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको तथा समग्रमा आयोजनाको झण्डै एक तिहाइ अर्थात् ३० प्रतिशत काम सम्पन्न भइसकेको ओझाले बताए ।