ब्राउन सुगरसहित सुन्दरहरैंचाबाट चार जना लागु औसध कारोबारी पक्राउ

  • १३ फाल्गुन २०७६, मंगलवार

इलाका प्रहरी कार्यालय बेलवारीले लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्राम सहित चार जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैचा–५ हेदम्बा टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नर बहादुरको कोठा खानतलासी गर्दा गत फागुन ८ गते उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा ३० वर्षीय नर बहादुर दर्जी , २५ वर्षीय आशिष ढकाल , केराबारी ६ डाँगी बस्ने २० वर्षीय आशिष मगर र २३ वर्षीय रुपेश तामाङ रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।