श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडित पत्रकारलाई सहयोग गरे प्रहरी निरीक्षकले

  • २२ फाल्गुन २०७६, बिहीबार

बेलबारी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थिक सहयोग गरेका छन् ।

प्रहरी निरिक्षक बुढाथोकीले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग गरेका हुन् ।

उतरी मोरङमा रहेर सञ्चार क्षेत्रमा रहेका उतरी मोरङका विभिन्न स्थानिय तहहरु बेलबारी, सुन्दरहरैचा, केराबारी र लेटाङबाट कमल पौडेल बचाउ अभियान लिएर आर्थिक संकलन गरिरहेका सञ्चारकर्मीहरुलाई बिहिबार बुढाथोकिले रु ६ हजार ५ रुपैया सहयोग गरेको आर्थिक संकलन समितिका सदस्य राज पोखरेलले बताए ।

प्रहरी निरिक्षक बुढाथोकिले उक्त रकम समितिका सदस्य पोखरेललाई बिहिबार हस्तान्तरण गरेका हुन् ।

उतरी मोरङका विभिन्न स्थानिय तहमा रहेर सञ्चार क्षेत्रमा कृयाशिल रहेका सञ्चारकर्मीहरुले सयुक्त रुपमा पौडेलको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ सस्था र व्यक्ती सग रकम संकलन गरिरहेका छन् ।