जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

  • २२ फाल्गुन २०७६, बिहीबार

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  ।
द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को पनि प्रस्तुति तथा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य प्रदर्शन रहेको आयोजकले जनाएको छ ।
 हिजो पाचौ दिन बुधबार गायिका तृष्णा गुरुङको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनका दिएको थियो । आदिबासी जनजाति महासंघ बेलबारीको आयोजनामा फागुन १७ गतेदेेखि शुरु भएको  महोत्सव फागुन २४ गतेसम्म चल्नेछ ।