बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा प्याव्सन र एनप्याब्सनले दिए ३ लाख १३ हजार

  • २२ चैत्र २०७६, शनिबार

प्याव्सन तथा एनप्याब्सन नगर समितिले बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैयांँ हस्तान्तरण गरेका छन् ।

प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत र एन प्याब्सन नगर अध्यक्ष नारायण ढकाल लगायतले नगरपालिकामै आएर संयुक्त रूपमा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

बेलबारीमा रहेका प्याबसनमा आबद्ध २५ र एनप्याबसनमा आबद्ध ८ वटा बिद्यालयबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको जिल्ला कोषाध्यक्ष जगबत बस्नेतले बताए ।

यस्तै बेलबारी ११ मा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाले २५ हजार राहत कोषका लागि हस्तान्तरण गरेको छ । लालिगुरांँस सहकारी संस्था बेलबारीले ५१ हजार, एकता बचत तथा ऋण सहकारी संस्थाले १० हजार  अन्य केही सहकारीले पनि कोषमा रकम जम्मा गरीसकेका छन् ।
एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा राजनितिक दल, संघसस्था, निर्माण ब्यबसायी ,वित्तिय संघसंस्था तथा ब्यक्तिहरुमा सहयोग गरिदिन नगरपालिकाले अपिल गरेको छ ।

नगरपालिकाले १५ लाख जम्मा गरी केही दिनअघि कोष स्थापना गरेको थियो । कोषमा हालसम्म ५० लाख रकम पुग्न लागेको नगरपालिकाले जनाएको छ ।