धनकुटा र हिलेमा घर-घरमा तरकारी, दुध र ग्यास पुर्याउँदै उद्योग बाणिज्य संघ

  • ३ बैशाख २०७७, बुधबार

लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमा ताजा तरकारी, दुध र खाना पकाउने ग्यास विक्री वितरण शुरु गरिएको छ ।

कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यापारीहरुसंग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमानै लगेर विक्री वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
धनकुटाको हिले बजारमा हिले प्रहरी चौकीको सहयोगमा व्यावसायीहरुवे बजार घुमाउदै उपभोक्ताहरुको घर अगाडीसम्म तरकारी दुघ लगायतका अत्यावाश्यक वस्तु तथा समाग्रीहरु गाडीबाट लगी विक्री वितरण गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर तामाङ्गले वताए ।

त्यसैगरी धनकुटा बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरको सहयोगमा उपभोक्ताहरुको सहजताको लागी प्रत्येक दिन विहान दुघ र सवै किसिमका ताजा तरकारी लगायत अत्यावाश्यक वस्तुहरु गाडीबाट धनकुटा बजार घुमाउदै प्रत्येक घर घर अगाडी लगेर विक्रि वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्लेले बताए  ।

धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा र हिलेबजारमा गाडी बाट घुमाउदै ग्यास,दुध र जाता तकारी लगायत अत्यावाश्यक वस्तु तथा समाग्रीहरु बजारबासीहरुको घर घर सम्म प¥याई विक्री वितरण गर्न शुरु गरेपछि बजारमा किनमेलको लागि भिडभाड हुन छोडेको र लक डाउनको समेत पूर्ण पालना हुदै गएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।