वृहत रक्तदान कार्यक्रम आयाेजना गर्दै बेलबारी जेसीज, रक्तदान गर्न आब्हान

  • १९ बैशाख २०७७, शुक्रबार

बेलबारी, माेरङ / लकडाउनका कारणले उत्पन्न भएको रगतकाे अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले बेलबारी जेसीजले वृहत रक्तदान कार्यक्रम आयाेजना गरेको छ ।

वैशाख २१ गते बेलबारी वाड नं. – ३ स्थित सेन्चुरी बैङ्ककाे अगाडि बिहान ७ बजे देखि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।लकडाउनलाई असर नगर्ने गरी सामाजिक दुरी कायम गरेर नै रक्तदान कार्यक्रम गर्ने बेलबारी जेसिसका महासचिव भूवन कार्कीले बताए ।

हाल भइरहेको रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्य रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताए । लकडाउनका कारणले उत्पन्न रगतकाे अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले क्तदान कार्यक्रमकाे आयाेना गरिएकोले इच्छुक सबैलाई रक्तदानमा सहभागी हुन संस्थाले अनुरोध गरेकाे छ ।