चबिसेको मौनावुधुक, राजारानी र डांँडाबजारमा जनप्रतिनिधि र उद्योग बाणिज्य संघको परामर्श

  • ३ जेष्ठ २०७७, शनिबार

कोरोना भाईरस नियन्त्रणको लागि धनकुटा उद्योग बाणिज्य संघको अभियान अन्र्तगत धनकुटा उद्योग बाणिज्य संघले चौविसेको राजारानी, मौनावुधुक र डाँडाबजारका केही पसलमा नमूना अनुगमन गर्दै लक डाउन वारे स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट तथा परार्मश गरेको छ ।

धनकुटाको चौविसे गाउपालिकाको राजरानीमा चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल, प्रमुख प्रशासकीय अधिकृत शसी राई, लेखा अधिकृत सोभित तुम्बा लगायतसंँग धनकुटा उद्योग बाणिज्य संघको टोलीले भेटघाट गरेको हो । भेटघाटमा उद्योग बाणिज्य संंघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सदस्य परिर्वतनराज पौडेल,नेपाल पत्रकार महासंघका सहसचिव हरी वहादुर लम्जेल, पत्रकार इश्वर थापा लगायत सहभागी थिए ।

संघको टोलीले जनप्रतिनिधिसँग लक डाउन र दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरुको आयात र निर्यातको तथा बजारको अवस्थाको वारेमा जानकारी लिएको थियो  । उपाध्यक्ष रुचाल र प्रमुख प्रशासकीय अधिकृत राईले चौविसे गाउंँपालिकाका बजार क्षेत्रमा कुनै समस्या नभएको वताएका छन् ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको टोलीले चौविसे गाउपालिकाको कार्यालयको लागि केही मास्क ,सेनिटाईजर र पञ्जा समेत उपलब्ध गराएको छ ।
यसैगरी धनकुटा उद्योग बाणिज्य संघको टोलीले चौविसे गाउपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गा वहादुर सुवेदी,वडा नं. ६ का वडा सदस्य हर्कमाया राई लगायत राजारानी ,मौनावुधुक बजारका धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु हर्क चेम्जोग, कुमार सुवेदी लगायतका विभिन्न ब्यक्तिहरुसँँग भेटघाट तथा  परार्मश समेत गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघको टोलीले सागुरीगढी गाउंँपालिकाको वडा नं. ५ डांँडाबजारका स्थानीय जनप्रतिनिधिसंँग भेटघाट गरी कोरोना भाईरस विरुद्ध संचालन भैरहेको अभियानको वारेमा  छलफल गरेको छ ।
संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य परिवर्तनराज पौडेल लगायतका टोलीले सागुरीगढी गाउपालिका वडा नं. ६ का वडाध्यक्ष पलक वहादुर वस्नेतसंग भेटघाट गरी बजारको अवस्था र कोरोनाभाईरस फैलन नदिई नियन्त्रण गर्न भैरहेको प्रयासको वारेमा परार्म गरेको थियो । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन उद्योग बाणिज्य संघले सहज आपुर्तीका लागी सहजीकरण गर्ने वताउनु भयो । वडाध्यक्ष पलक वहादुर वस्नेतलाई सो अवसरमा वडा कार्यालयका लागी केही धनकुटा उद्योग बाणिज्य संघले माश्क,सेनिटाईजर र पञ्जा समेत प्रदान गरेको थियो ।
यसैगरी धनकुटा उद्योग बाणिज्य संघले एवाई कन्ट्रक्सन धनकुटाले निर्माण गरिरहेको डाडाबजार — याक्चना सडकको मजदुरहरुलाई माश्क र सेनिटाईजर वितरण गर्दै सामाजिक दुरी निर्धारण गरेर मात्र निर्माण कार्य गर्न अनुरोध गरेको थियो । उक्त उद्योग बाणिज्य संघको आन्तरीक बजार अनुगमन टोलीमा नेपाल पत्रकार महासंघ धनकुटका सहसचिव हरी वहादुर लम्जेल,संचारकर्मी इश्वर थापा लगायतको समेत सहभागीता रहेको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिन र व्यापारी, व्यवसायीहरुको समस्या र दैनिक उपभोग्य समाग्रीहरु अर्यात तथा निर्यातमा सहजकिरण गर्ने आश्वासन दिए ।